बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

व्यवसाय प्रवद्र्धनका लागि उपकरण सहयोग

व्यवसाय प्रवद्र्धनका लागि उपकरण सहयोग


  • ढोरपाटन संवाददाता
  • असार ८ २०७८, मंगलबार

बागलुङ, ८ असार– घरेलु तथा साना उद्योग कार्यालय बागलुङले व्यवसाय प्रवद्र्धनका लागि १८ व्यवसायीलाई सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।
जिल्ला स्तरीय छनौट समितीले छनौट गरेका उद्यमी तथा व्यवसायीलाई ती सामग्री दिइएको हो । छनौट भएकामध्ये १० जना महिला उद्यमीलाई १४ वटा ढाका बुनाइ मेसिन प्रदान गरिएको हो । सोमबार आयोजित एक कार्यक्रममा कार्यालयकी प्रमुख गुमादेवी रिजालले सामग्री हस्तान्तरण गरिन् । तनहुँस्थित निखिल ढाका उद्योगका निखिल चौधरीले ती मेसिन निर्माण गरेका थिए ।
नयाँ उद्यमीलाई एक–एकवटा र व्यवसायिक फर्मको रुपमा विकास गरेकालई दुइवटा मेसिन दिइएको रिजालले जानकारी दिइन् । त्यस्तै तीन जना व्यवसायीलाई दुइदुइ वटाका दरले ६ वटा सिलाई मेसिन र बागलुङको जैमिनी नगरपालिकाकी याममाया श्रीषलाई २५ वटा मौरी घार पनि दिइएको हो ।
दुर्गाबहादुर कामीले संचालन गरेको फर्निचर उद्योगका लागि बेन्सो मेसिनसमेत दिइएको हो । १ लाख ४४ हजार अनुदान र ३६ हजार व्यक्तिगत लगानीमा उक्त मेसिन भित्राइएको हो । धौलागिरि मौरी फर्मका लागि महदानी मेसिन र लाफा बहुउद्देश्यीय कृषि फर्मका लागि डिफ्रिज सहयोग गरिएको हो ।
मेसिन तथा उपकरण पाएपछि उद्यमीले काम गर्ने हौसला बढेको बताए । ‘मेसिन पाइयो, काम गर्न हौसला मिलेको छ’ बागलुङ नगरपालिका वडा नं. १ की लक्ष्मी श्रेष्ठले भनिन्, ‘सिलाई व्यवसायसँगै प्रशिक्षण पनि चलाएकी छु ।’ समय समयमा तालिम र प्रविधि सहयोग पाएकोले उद्यम व्यवसाय बढाउने योजना बनेको उनले बताइन् । साना उद्योगलाई प्रवद्र्धन गर्दै दिगो रुपमा संचालन गर्न कार्यालयले हरेक वर्ष यो अभियान चलाएको रिजालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->