बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ताराखोलामा खोलाले बगाउँदै गरेको पुरुषको शव भेटियो

ताराखोलामा खोलाले बगाउँदै गरेको पुरुषको शव भेटियो


  • ढोरपाटन संवाददाता
  • असार ८ २०७८, मंगलबार
बागलुङ, ८ असार– जिल्लाको ताराखोला गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ४ का ३९ वर्षिय टेक बहादुर खत्री खोलाले बगाउँदै गरेको अवस्थामा मृत फेला परेका हुन् ।
मंगलबार बिहान खोलाले बगाउँदै गरेको अवस्थामा उनको शव फेला परेको थियो । प्रहरीले शवको पहिचानका लागि अनुरोध गरेपछि परिवारका सदस्यले उनको पहिचान गरेका थिए । खेतबारीमा बाँदर धपाउँदै गरेका खत्री खोलामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।
चिप्लिएर खसेपछि खोलाले बगाएर मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय ताराखोलाका प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए । उनी खोला खस्नुअघि करिब १० मिनेट अघिसम्म खोला छेउमा रहेको बारीमा बाँदर धपाउँदै गरेको स्थानीय सागर क्षेत्रीले देखेको बताए ।
बाँदर लखेट्दै गर्दा चिप्लेर खोला परी बगाएर मृत्यु भएको हुनसक्ने न्यौपानेको आशंका छ । खत्रीको शव खोलामा २ ढुंगाको बीचमा अड्किएकोले स्काभेटरको सहायता निकालिएको प्रहरीले जानकारी दिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->