बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बाग्लुङमा १७ लाखको स्वास्थ्य सामग्री वितरण

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बाग्लुङमा १७ लाखको स्वास्थ्य सामग्री वितरण


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७८, बुधबार

लण्डन, ९ असार– अन्तर्राष्ट्रिय बाग्लुङ समाजले बाग्लुङ जिल्लाका विभिन्न ठाउँहरुमा १७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना महामारीको बेला प्रवासमा विभिन्न देशमा गठन भएका बाग्लुङ समाज तथा सहयोगीहरुमार्फत संकलन भएको रकमले सहयोग पु¥याएको हो ।
अन्तर्राष्ट्रिय बाग्लुङ समाजका अध्यक्ष एकराज गिरीका अनुसार कोरोना महामारीको पहिलो लहरमा १० लाख रुपैयाँ र दोश्रो लहरमा ७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण भएको छ ।
अध्यक्ष गिरीले जिल्लाका बिभिन्न ठाउँहरुमा अझै पनि स्वास्थ्य सामग्री वितरण अभियान जारी रहेको बताए ।
समाजका अनुसार बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान, तारा खोला नगरपालिका, काथेखोला, गलकोट, निसी खोला नगरपालिका, तमानखोला गाउँपालिकालगायतका ठाउँहरुमा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय बाग्लुंङ समाजले संस्थाका पदाधिकारीहरुसहितको एउटा समिति बनाएर स्वास्थ्य सामग्री बितरणका लागि समन्वय गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->