बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दाताको सहयोगमा स्वास्थ्य इकाईमा अक्सिजन

दाताको सहयोगमा स्वास्थ्य इकाईमा अक्सिजन


  • ढोरपाटन संवाददाता
  • असार ११ २०७८, शुक्रबार
शव्द तस्विरः बालकृष्ण सुवेदी /गलकोट

बागलुङ, ११ असार– गलकोटको एक स्वास्थ्य इकाईमा अक्सिजनसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीय हर्षित बनेका छन् । गलकोट नगरपालिका वडा नं. ४ मा रहेको स्वास्थ्य इकाइमै अक्सिजनसहितको सेवा सुरु भएको हो ।
गाउँघर क्लिनिकबाट स्तरोन्नति भएको बौर सामुदायिक स्वास्थ्य इकाईमा अक्सिजन सेवा सुरु भएको नगरपालिकाले जनाएको छ । सामान्य भवनमा संचालनमा रहेको स्वास्थ्य इकाइमै अक्सिजनको व्यवस्थापन भएपछि वडाबासी खुसी भएका हुन् । सिमित जनशक्तिमा चल्दै आएको उक्त स्वास्थ इकाईको लागि सुबिधासम्पन्न भवन बनिसकेपनि केही काम बांकी रहेको छ । वडा अध्यक्ष बलबहादुर खत्री र नरेठांटी स्वास्थ्यचौकीमा कार्यरत हेल्थ असिस्टेन्ट जगन्नाथ सुबेदीको पहल र दाताको सहयोगमा गाउँमै अक्सिजनसहितको सेवा सुरु भएको हो ।
डा. डिलबहादुर थोकर लामाले बोधिसत्वा बिहारसंगको सहकार्यमा स्वास्थ्य इकाइलाई अक्सिजन मेसिन उपलब्ध गराएका हुन् । कोरोना महामारीलाई मध्यनजर गर्दै अक्सिजन मेसिन, पल्स अक्सिमिटर, सेनिटाइजर, पिपिई सेट तथा अत्यावश्यक औषधि र उपकरण स्वास्थ्य इकाईकालाई प्राप्त भएको छ ।
करिब ४ लाख बराबरको स्वास्थ्य सामग्री र उपकरण प्राप्त भई हस्तान्तरण गरेको खत्रीले जानकारी दिए । करार सेवाका दुई स्वास्थ्यकर्मी र सिमित औषधि मात्र भएको स्वास्थ्य इकाइ थप सबल बनेकोमा खत्रीले खुसी व्यक्त गरे ।
सिमित श्रोत साधनमा असुरक्षित भएरै भएपनि जनताको सेवा गरिरहेको बताउँदै हेल्थ असिसटेन्ट जगन्नाथ सुवेदीले अक्सिजन मेसिन लगाएतका स्वास्थ सामाग्री र औषधि प्राप्त भएसंगै सेवामा खट्न थप उत्साह मिलेको बताए ।
उक्त स्वास्थ्य सामग्री उपलब्ध गराउने बोधिसत्वा बिहार र डाक्टर थोकर लामाले आगामी दिनमा एम्बुलेन्स र भिडियो एक्सरे मेसिन समेत उपलब्ध गराउने वचन दिएको वडा अध्यक्ष खत्रीले बताए । स्वासप्रस्वासका बिरामी धेरै भएको र कहिलेकाहीँ जटिल समस्या भएर निजी अस्पतालमा महंगो शुल्क तिरेर अक्सिजन लगाउन जान पर्ने बाध्यता हटेको वडा सदस्य रुद्र सुबेदीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->