बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरीमा खसेका चितुवाका छाउराको उद्धार

पोखरीमा खसेका चितुवाका छाउराको उद्धार


  • ढोरपाटन संवाददाता
  • असार ११ २०७८, शुक्रबार
फाईल तस्विर

बागलुङ, ११ असार– हिलेजुके सामुदायीक वनक्षेत्रमा रहेको सिंचाई पोखरीमा खसेका चितुवाका छाउराको सकुशल उद्दार गरिएको छ । बागलुङ नगरपालिका वडा नं. १२ टाकुरीको वनक्षेत्रको सिंचाई पोखरीमा बिहिबार चितुवाका दुईवटा छाउरा खसेका थिए ।
पानीमा तैरिएर बसेका छाउराको सकुशल उद्धार गरी जंगलतर्फ पठाईएको सामुदायीक उपभोक्ता समितिका अध्यक्ष मुक्तिराम आचार्यले बताए । ‘हामीले वन डिभिजन कार्यालयलाई खबर गरेका थियौं, उहाँहरु नआउँदै छाउराको उद्धार भयो’ आचार्यले भने ‘डिभिजनको सल्लाह अनुसारनै छाउरालाई वनक्षेत्रमा छोडियो ।’
पोखरीमा दुई काठ तेर्साएपछि छाउरा बाहिर निस्किएका थिए । माउ चितुवा भने कहिँकतै नदेखिएको आचार्यले बताए । डिभिजन वनका अनुसार माउ चितुवाले बाटो देखाउन हिँडाएको बेला ती छाउरा पोखरीमा खसेको हुनसक्ने अनुमान छ । ‘थुनेर राख्न सकिने वा तत्कालै समुदायलाई प्रभाव पार्ने वन्यजन्तु होईन’ डिभिजन वन अधिकृत मुकुन्द्र प्रसाद अधिकारीले भने ‘हामी नपुग्दै समुदायले उद्धार गरेर जंगल पठाउनुभो, घाईते नभएकाले छाउरा बासस्थानतर्फ लागे ।’
बस्ती नजिकै रहेको वनक्षेत्र आसपासमा असार महिना लागेसँगै चितुवाको आवतजावत देखिन थालेको छ । केहि दिनअघि जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा पनि दिउँसोको समयमा चितुवा सडकमा हिँडिरहेको भेटिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->