बागलुङ, १३ असार– काठमाण्डौ घर भइ अमेरिकामा बस्ने अमर क्षेत्रीले बागलुङको रेशका पहिरो पीडित ४ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेका छन् ।
काठेखोला गाउँपालिका ७ रेश स्थित जिरेदीका बलबहादुर जिसी, गीता जिसी, देवी कार्की र कृष्णबहादुर जिसीलाइ खाद्यान्न सहयोग गरेका हुन् । उनले अमेरिकाबाटै पठाइदिएको रकमबाट ती सामाग्री स्थानीय प्रतिनिधि मार्फत घरमै पुगेर बितरण गरिएको संकल्प नेपालकी सदस्य सरस्वती हरिजनले जानकारी दिइन् ।
पीडित परिवारलाई चामल, दाल, तेल, नून र साबुन लगायतका सामागी बितरण गरिएको हो । एक महिना अघिदेखि पटक पटक पहिरो खस्दा जिरेदीका दर्जनबढी घरहरु प्रभावित भएका छन् । ती पीडित मध्ये आर्थिक अबस्था कमजोर भएका, ज्यालामजदुरी गर्नु पर्ने र अपांग परिवार छानेर सहयोग बितरण गरिएको हो । पहिरोले उनीहरुको घरमा क्षति पुगेको छ ।





