बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पत्रकारका लागि स्वास्थ्य सामग्री वितरण

पत्रकारका लागि स्वास्थ्य सामग्री वितरण


  • ढोरपाटन संवाददाता
  • असार १४ २०७८, सोमबार

बागलुङ, १४ असार–प्रेस संगठन नेपाल बागलुङले जिल्लाका क्रियाशिल पत्रकालाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
नेपाल पत्रकार महासंघमा आयोजित एक कार्यक्रममा सदरमुकाम केन्द्रीत पत्रकारलाई र अन्यलाई पालिका तहमा सामाग्री बितरण गरिएको हो । संगठनका सदस्यले संकलन गरेको रकमले खरिद गरेर ती सामाग्री बितरण गरिएको जिल्ला संयोजक थम्मन थापाले बताए ।
संगठनले जिल्लामा क्रियाशिल ३५ जना पत्रकारकालागि ती सामाग्री बितरण गरिएको थियो । मास्क, सेनिटाइजर र सिटामोल समेत बितरण गरिएको थियो । अग्रभागमा खटिएर काम गरेका पत्रकारकालागि ती सामाग्री बितरण गरिएको हो ।
सामग्री बितरण कार्यक्रममा महासंघका अध्यक्ष नरेश कंडेलले संस्थाले गरेको सहयोगबाट पत्रकारलाई समाचार संकलनमा हौसला थपेको बताए । संगठनका अध्यक्ष थम्मन थापाको अध्यक्षता, कृष्ण सापकोटाको संचालन र सज्जनकुमार सिंहको स्वागतमा सम्पन्न कार्यक्रममा महासंघका पूर्व अध्यक्ष मुकेश राजभण्डारी, निर्वतमान अध्यक्ष दिल शिरिष, पूर्व उपाध्यक्ष हिमाल शर्मा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->