बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हराएका बृद्ध मृत भेटिए

हराएका बृद्ध मृत भेटिए


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७८, बुधबार

बागलुङ, १६ असार– असार १० गतेदेखि हराएका बागलुङको गलकोटका एक बृद्ध मृत फेला परेका छन् । गलकोट नगरपालिका–६ का ७० बर्षिय क्षेत्र बहादुर बुढाथोकी मंगलबार साँझ झुण्डिएको अबस्थामा मृत फेला परेका हुन् । बिहिबार बिहान घास काट्नभन्दै घरबाट निस्केका बुढाथोकी छ दिनपछि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव गलकोट नगरपालिका– ६ को घुडेनी भन्दा केही माथी फेला परेको ईलाका प्रहरी कार्यालय गलकोट हरिचौरका प्रहरी निरिक्षक अर्जुन बम मल्लले जानकारी दिए । उनको साथमा हसिया र खुर्पेटो रहेको समेत प्रहरीले जनाएको छ । बुढाथोकीको खोजिमा प्रहरी, जनप्रतिनिधी सहित तालिम प्राप्त कुुकुर समेत परिचालन गरिएको थियो । स्थानीयले खोज्दै जादा बुढाथोकी मृत अबस्थामा फेला परेको प्रत्ययक्ष दर्शिले बताएका छन् । बुढाथोकीको शवलाई पोस्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा ल्याईएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए । ‘घटनाको बिषयमा अरु केही खुलेको छैन्, हामि गहन अनुसन्धानमा छौं’ हवारीले भने । उनको मृत्युको बिषयलाई लिएर परिवारले भने हत्या भएको हुनसक्ने आशंका गरेको छ । परिवारमा कुनै समस्या नरहेको र सबै सदस्यसँग सम्बन्ध राम्रो रहेकाले बृद्धले आत्माहत्या गर्नुपर्ने कुनै कारण नरहेको परिवारका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->