बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पालिकालाई स्वास्थ्य सामग्री, गाउँमा सचेतना

पालिकालाई स्वास्थ्य सामग्री, गाउँमा सचेतना


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७८, बुधबार

बागलुङ, १६ असार– कोरोना महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका बिषयमा समुदाय सचेतना कार्यक्रम सहित ताराखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
पत्रकार महासंघ बागलुङले समुदायस्तरमा पुगेर स्वास्थ्य सचेतनासहित गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । महासंघले जिल्लाका दुई वटा स्थानीय तहमा स्वास्थ्य सचेतना र स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम बनाएको थियो । मंगलबार ताराखोला गाउँपालिका पुगेर नागरिक तहमा स्वास्थ्यका मापदण्ड अपनाउन र कोरोनाबाट बच्न आग्रह गरिएको अध्यक्ष नरेश कँडेलले बताए ।
महासंघले काठेखोला गाउँपालिकामा पनि कार्यक्रम गर्ने कंडेलले जानकारी दिए । महासंघका पदाधिकारी सहित स्वास्थ्यकर्मीको समूहले सचेतना तथा स्वास्थ्य सामग्री हस्तान्तरणका गतिविधि गर्नेछ । महासंघले गलकोट नगरपालिकाका लागि भने केही मास्क र सेनिटाईजर प्रदान गरेको छ ।
ताराखोला पुगेको पत्रकारहरुको समुहले बिभिन्न व्यक्ति तथा संस्थासँग सहकार्य गरेर एक थान अक्सिजन कन्सन्टेटर, दुई थान डिजिटल थर्मल गन, पाँच थान अक्सीमिटर र ३ हजार थान मास्क हस्तान्तरण गरेको थियो । ‘हामीले महामारीको ठुलो चाप व्यहोयौं, अहिले केही कमी भएको छ’ स्वास्थ्य सामग्री ग्रहण गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले भने ‘सचेतना र स्वास्थ्यका मापदण्ड अपनाउँदै सुरक्षित रहन अझै आवश्यक छ, सहयोगले हामीलाई साथ दिने छ ।’
गाउँपालिकाले अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ । स्वास्थ्य शाखा र अस्पतालमा प्रयोग गर्नेगरी सामग्री हस्तान्त्रण गरिएको उपाध्यक्ष नबिन शिशिर बिकले बताए । महासंघले काठेखोला गाउँपालिका समेत सोही परिणामका स्वास्थ्य सामग्री प्रदान गरिने उनले जानकारी दिए । आफ्नै भवनमा पत्रकारहरुका लागि आईसोलेसन निर्माण गरेको महासंघले बिभिन्न संघ संस्थाहरुसँगको समन्वयमा स्थानीय तहलाई सहयोग समेत गर्दै आएको छ । ‘हाम्रो काम स्थानीय सरकारलाई खवरदारी गर्नु र गलतबाटोमा लाग्नबाट बचाउनु हो’ अध्यक्ष कँडेलले भने ‘महामारीसँग जुध्न एक्लैले सम्भव छैन, सबैको साथ चाहिन्छ भनेर स्वास्थ्य सचेतनामा सहकार्य गरेका हौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->