शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाईते

म्याग्दीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाईते


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७८, बुधबार

म्याग्दी, १६ असार– म्याग्दीमा बुधबार साँझ भएको जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ६ जना घाईते भएका छन् ।
बेनीदेखि मंगला गाउँपालिका वडा नं. १ पुर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप सोही गाउँपालिकाको वडा नं. २ सिमलचौरको मिठौला, नेवारेखोलामा दुर्घटना हुँदा जिपमा सवार बेनी नगरपालिका वडा नं. ५ डडुवाकी १९ बर्षिय सविना भण्डारी र मंगला गाउँपालिका वडा नं. १ का १३ बर्षिय बिमल विकको मृत्यु भएको हो ।
दुर्घटनामा परि मंगला गाउँपालिका वडा नं. १ का सुदन आचार्य, अमृता राम्जाली, एन्जिला भण्डारी, एडिसा नेपाली, गीता खत्री र चालक अनिल रसाईली घाईते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरेन्द्रराज गुरुङले जानकारी दिए ।
घाईतेहरुको बेनी अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुमध्ये चालक रसाईलीको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको जनाइएको छ । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->