शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नत कोरोना घट्यो न चहलपहल !

नत कोरोना घट्यो न चहलपहल !

‘केही स्थानमा बाहिरबाट मानिस आएका पनि होलान्, तर आन्तरिक संक्रमण बढी छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नेभन्दा लापरवाहीगर्ने क्रम बढी छ ।’


  • ढोरपाटन संबाददाता
  • असार १७ २०७८, बिहिबार

बागलुङ, १७ असार- कोरोना संक्रमित २ सयभन्दा कम नभएसम्म जिल्ला तहमा निषेधाज्ञा लगाइरहने सिसिएमसीको निर्णय अनुसार बागलुङ बैसाख २१ गतेदेखि निरन्तर लकडाउनमा छ । जिल्ला प्रशासनले निषेधाज्ञा लगाउने बाहना संख्यामै खोज्छ ।
बुधबारसम्म बागलुङमा २ सय ६७ जना सक्रिय संक्रमित थिए । त्यो क्रम घट्नु पर्नेमा केही दिनदेखि फेरि उकालो लाग्ने क्रममा छ । सदरमुकामको खोलाखेत र खहरेमा पछिल्लो समय घर घरमा संक्रमित देखिएका छन् । तमानखोलामा पनि एक्कासि संक्रमित बढेका छन् । स्वास्थ्यकर्मीसमेत संक्रमणमा परेपछि फेरि जोखिम बढेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । तमानखोलामा मात्रै ४५ जना सक्रिय संक्रमित पुगेका छन् । संक्रमित अधिकांश बोङगादोभान बजारका छन् ।
पछिल्लो समय कुनै गाउँ विशेषमा बढी संक्रमित देखिएका छन् । त्यसरी देखिनुमा आन्तरिक चहलपहल बढी हुनु प्रमुख कारण भएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले बताए । ‘केही स्थानमा बाहिरबाट मानिस आएका पनि होलान्, तर आन्तरिक संक्रमण बढी छ,’ गुरौले भने, ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नेभन्दा लापरवाहीगर्ने क्रम बढी छ ।’
मापदण्डमा बस्दा केही दिनमै संक्रमण शुन्य बनाउन सकिने उनले बताए । ‘समूहमा संक्रमण देखिने र लक्षण सहितका कोरोना संक्रमित धेरै हुनुलाई बागलुङमा नयाँ प्रकारको भेटिएन्ट भएको अनुमान गर्न सकिन्छ,’ गुरौले भने, ‘परीक्षण नगरिएकोले कुन ठाउँमा कुन भेरिएन्ट भन्ने यकिन छैन ।’ बिरामी हुने दर र संक्रमण छिटो भएको देखिंदा नयाँ भेरिएण्ट सक्रिय छन् भन्ने आधार भने देखिएको उनले बताए ।
सक्रिय संक्रमितमध्ये गलकोट नगरक्षेत्र, ढोरपाटन, बागलुङकै विभिन्न वडामा पनि छन् । ताराखोला गाउँपालिका शुन्य संक्रमित भएको छ । तर गलकोट सिमानाका एक जना संक्रमित भएर गलकोटमै उपचाररत रहेको बताइएको छ । आन्तरिक चहलपहल भएका, बिबाह भोज लगायतका उत्सव मनाइएका स्थानमा संक्रमित बढेको भेटिएको स्वासथ्य शाखाका प्रमुखहरुले बताए ।
निशेधाज्ञा बढाएपनि सदरमुकाममा बिहानैदेखि चहलपहल देखिन्छ । जसको कारण संक्रमण फैलने खतरा बढेको छ । अत्यावस्यक काम भनेपनि जोसुकैले खुला रुपमा डुल्ने क्रम बढी छ । जोर बिजोर प्रणाली लागू भएको छैन । प्रहरीले चेक गर्दा अधिकांस पहुँचको भरमा सडकमा डुल्ने बढी भेटिएको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरले बताए । ‘अत्यावस्यक कामभन्दा निशेधाज्ञा तोडेको देखाउन खोज्नेहरु धेरै छन्’ उनले भने, ‘कतिपयले नक्कली परिचयपत्र बनाउने र कामभन्दा घुम्न निस्कने गरेका छन् ।’ त्यस्ता क्रियाकलापले कोरोना संक्रमण फेरी बढ्ने खतरा उनले औल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->