बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उर्लिदो टिमुरेखोला, सधैंको खतरा

उर्लिदो टिमुरेखोला, सधैंको खतरा


  • ढोरपाटन सम्वाददाता
  • असार १८ २०७८, शुक्रबार

बागलुङ, १८ असार– हिउँदमा जलचरहरुको बासस्थान समेत मेटिने टिमुरेखोला मनसुन सुरुभएसँगै जवान भएको छ । आकाश गर्जिँदा टिमुरेले आसपास क्षेत्रको जंगल तथा बस्तीबाट आउने भल बाढीको आश गर्छ । अहिले टिमुरेलाई जवानीको बेग थप तिब्र बनाउन गाउँ गाउँमा खुलेका सडकले साथ दिएका छन् । सडक बनाउँदा फालिएको माटो र भलबाढीसँगै बर्षा याममा सर्सिएका पानीका मुलले टिमुरे अचेल बेगमा छ ।
बर्षायाम सुरु भएसँगै टिमुरेखोलाले आफ्नो यौवन जसरी देखाउँछ त्यसको असर र प्रभाव मानव बस्तीमा भने हरेक बर्ष पार्ने गरेको छ । बस्ती नजिकैबाट बग्ने खोलामा पुल नभएका कारण सर्वसाधारणले हरेक बर्षा याममा दुख पाउने गरेका छन् । विद्यालय उमेरका बालबालिका खोलाबाट सबैभन्दा धेरै प्रभावित छन् । आदीकालमा प्रयोगमा आउने गरेको साघुँकै भरमा अहिले पनि आवतजावत हुने गरेको स्थानीय होमनाथ शर्माले बताए । वारी फेदी, भँडार लगायतका गाउँ छन् । पारी रहेको जैमिनी प्राथमिक विद्यालयमा हरेक बर्ष बालबालिकाहरु जोखिम मोलेर विद्यालय पुग्ने प्रधानाध्यापक समेत रहेका शर्माले बताए ।
‘हिउँदमा खोलाको पानी निकै सानो हुन्छ, बर्षाको समयमा उर्लिएर आवतजावत बन्द हुन्छ’ शर्मा भन्छन्,‘जोखिम मोलेर विद्यालय, खेतीपातीको काम गर्नुपरेको छ ।’ केही वर्षअघिसम्म खोला तर्दा बगाएर केही मानिसको मृत्यु हुने गरेको स्मरण शर्माले गर्छन् ।
हरेक वर्ष स्थानीयले खोलामा साँघु बनाउँछन् । जंगलबाट काठपात बोकेर बनाईएको साँघु एक बर्षभन्दा टिक्दैन । हरेक दिन सयौं मानिसहरु आवतजावत गर्ने खोलामा साँघु समेत बर्षेनी बग्दा जोखिम बढेको स्थानीय कुलराज आचार्यबले बताए । गाउँमा युवापुस्ता कम रहेकाले ठूला काठहरु बोकेर साँघु बनाउने काम समेत कठीन रहेको उनले जानकारी दिए ।
टिमुरे खोलामा पुल निर्माणका लागि सर्वे समेत भएको छ । तर बजेटको व्यवस्थापन हुन नसकेका कारण समस्या कायम रहेको प्रअ शर्माले बताए । ‘दुई पटकसम्म सर्वे भैसक्यो तर पुल बन्ने छाँटकाँट छैन्’, शर्माले भने ‘सरोकारवालाको ध्यानै पुगेन ।’ कुश्मी प्राथमिक विद्यालयका १५ जना विद्यार्थी हरेक दिन यो खोला तरेर विद्यालय पुग्छन् ।
त्यो बाहेक खेतीपाती, मेला बजार गर्नेहरुको दिनमै सयौंको संख्यामा आउजाउ गर्ने शर्माले बताए । टिमुरे खोलामा पुल नबन्दा साविकको कुश्मीशेराका वडा नं. ९, ८, ७ र दमेक गाविसको तल्लो भेग तथा रायडाँडा गाविसको तल्लो भेगमा रहेका बस्तिका सर्वसाधारण मर्कामा परेका छन् । यस वर्ष पनि युवाहरु जुटेर साँघु बनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->