बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सहरातेमा पीकअप खस्यो, दुईजना घाईते

सहरातेमा पीकअप खस्यो, दुईजना घाईते


  • ढोरपाटन संवाददाता
  • असार १८ २०७८, शुक्रबार

बागलुङ, १८ असार– जिल्लाको जैमिनी नगरपालिका वडा नं. ९ पैञ्युथन्थापमा पीकअप भ्यान दुर्घटना हुँदा दुईजना घाईते भएका छन् । पैञ्युथन्थापको सहरातेबाट बागलुङ बजारका लागि हिँडेको भ्यान सडकबाट १० मिटर तल खसेको हो ।
चिप्लो बाटोमा गुडिरहेको लु २ च २७१० नम्बरको पिकअप भ्यान खस्दा सोही ठाउँकी ५२ वर्षी टिकादेवी शर्मा र बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका १८ वर्षीय प्रेम थापा घाइते भएको प्रहरी चौकी कुश्मीशेराका हवल्दार नवराज रिमालले बताए ।
घाईते दुवै जनालाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ ल्याईएको छ । प्रहरीका अनुसार उनीहरुको शरीरमा सामान्य चोट मात्रै छ । भ्यानमा पाँच जना सवार थिए । अरु दुईजनाको अबस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->