बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सुरुभयो बेनी अस्पतालमै इन्डोस्कोपी सेवा

सुरुभयो बेनी अस्पतालमै इन्डोस्कोपी सेवा


  • ढोरपाटन संवाददाता
  • असार १९ २०७८, शनिबार

बेनी, १९ असार– पछिल्लो समय गुणस्तरीय सेवा विस्तार गर्दै आएको बेनी अस्पतालले एकसाताभित्र इन्डोस्कोपी सेवा सञ्चालनको गर्ने भएको छ । बिरामीको आवश्यकतालाई मध्यनजर गरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख बजेटबाट उपकरण गरिद गरी सेवा सञ्चालन गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘भौतिक संरचना पर्याप्त नभए पनि गुणस्तरीय सेवा थपिरहेका छौ,‘इन्डोस्कोपी बिरामीलाई अति आवश्यक सेवाभित्र पर्छ’ अध्यक्ष कटुवालले भने । हाल मोनिटर सहित आवश्यक उपकरणहरु जडान भइरहेको छ ।
विघटित प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले धवलागिरी गाउँपालिकालाई विनियोजन गरेको उक्त बजेट गाउँपालिकाले अस्पतालमा इन्डोस्कोपी मेसिन खरिदमा प्रयोग गरिएको अध्यक्ष कटुवालको बताए ।हालसम्म इन्डोस्कोपी सेवाका लागि म्याग्दीबाट बिरामीलाई पोखरा रिफर गर्ने गरिएको थियो । इन्डोस्कोपी गर्दा शरिरमा एउटा पातलो नली राखेर शरिर भित्रका परेको असरलाई क्यामराको माध्यमबाट नजिकै रहेको मोनिटरमा हेरी समस्याको पहिचान गरिन्छ । नाककानको रोग, गलाको समस्या, आन्द्रा सुन्निए, पित्तथैलीमा पत्थरी,पेटको अल्सर हुँदा, दिसा पिसाबबाट रगत, गर्भावस्थामा गम्भीर समस्या देखिएमा, शल्यक्रिया गर्नु अगाडी र अन्य समस्या समेत पत्ता लगाउनका लागि इन्डोस्कोपी जरूरी हुने बेनी अस्पतालका चिकित्सकको भनाई छ ।
भिडियो एक्सरेबाट पत्ता लाग्न नसकेको समस्यालाई करिब पाँचदेखि १० मिनेटमा इन्डोस्कोपी गरी आएको सूचनाका आधारमा बिरामीको उपचार हुन्छ। बेनी अस्पतालमा कार्यरत निक साइमन र पाटन स्वास्थ्य प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकले आधुनिक सेवा विस्तारसँगै दुर्लभ मानिएका शल्यक्रिया सहितको सेवा समेत प्रदान गरिरहेका छन् । बेनी अस्पतालको अध्यक्षमा नियुक्ती भएपछि कटुवालले अक्सिजन प्लान, आइसियू, भेन्टिलेटर, जमिनमुनीबाट अस्पतालभित्रै खानेपानी सहित दर्जनभन्दा धेरै काम गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->