शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

हट्यो विधुत ‘ट्रिप’को समस्या

हट्यो विधुत ‘ट्रिप’को समस्या


  • हरिकृष्ण गौतम
  • असार २० २०७८, आइतबार

बेनी, १९ असार – नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले छुट्टै ११ केभी ब्रेकर प्यानल राखी नयाँ फिडर जडान गरेको छ । क्षमताभन्दा पाँच गुणा लामो फिडरका कारण पटक–पटक विधुत ‘ट्रिप’ हुने समस्यालाई समाधान गर्न ११ केभि ब्रेकर राखिएको हो । क्षमताभन्दा पाँच गुणा लामो फिडरका कारण दैनिक अनियमित विद्युत कटौतीको समस्या समाधान गर्न २०७७ साल भदौमा पर्वतको मिलनचोक सबस्टेशनदेखि म्याग्दीको बेनपा–६ डम्बरासम्म ६ किमी ११ केभी प्रशारण लाईन निर्मााणका लागि टेण्डर गरी पौष महिनामा सम्पन्न गरिएकोमा उक्त नयाँ लाइन छुट्टै सञ्चालनका लागि विधुत प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखरामार्फत १ सेट ब्रेकर तथा प्यानल उपलब्ध गराइएको बेनी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झा ले बताए । ‘एउटै ब्रेकरबाट सेवा दिदाँ फल्ट आउनासाथ विधुत ट्रिप हुने समस्या थियो,‘एउटा ठाउँमा मर्मत गर्दा विधुत काट्नु पर्ने बाध्यता अव हटेको छ’ प्रमुख झाले भने ।
उनले जिल्लाभित्र विद्युत आपूर्तीमा देखिएको समस्या समाधानका लागि थप योजनाहरू बनाइएको बताए । पर्वतको मिलनचोक सबस्टेशनको ११ केभि क्षमताको प्रशारण लाइनबाट करिब ९५ लाखको टेन्डरमार्फत लाइन विस्तार गरिएपछि रत्नेचौर, सिंगा तातोपानी एउटै ब्रेकरबाट सञ्चालन भएको अवस्थामा अव फिडर टुक्राइएको छ । हालै सरुवा भएर गएका बेनी वितरण केन्द्रमा प्रमुख माधब महतले विधुत प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखरामार्फत बजेट विनियोजन गरी उक्त समस्या समाधानमा पहल गरेका थिए । नयाँ बे्रकरले सदरमुकाम बेनीबजार आसपासका झण्डै ५ हजार ग्राहक, वित्तिय संस्था, छापाखाना, विद्युतीय सञ्चार माध्यम, फर्निचर, ग्रिल उद्योगसँगै विद्युतीय उपकरणद्वारा सञ्चालित व्यवसायलाई सहज हुनेछ ।
बि.स ०६२ सालदेखि सबस्टेशनबाट पर्वत जलजला, रत्नेचौर क्षेत्रमा १ र बेनीबजार सहित पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकासम्म १ र उत्तरी म्याग्दी क्षेत्रको रघुगंग र अन्नपूर्ण गाउँपालिका १ गरी तीनवटा फिडरबाट विद्युत आपूर्ती भइहरेको थियो । मापदण्ड अनुसार सवस्टेशनबाट एक केभी बराबर ११ किलोमिटरसम्म विस्तार गर्नुपर्नेमा म्याग्दीमा एक केभी बराबर करिब ६० किलोमिटर सम्म लाइन विस्तार गरिएको थियो । विधुत ‘ट्रिप’ हुने समस्या समाधानका लागि म्याग्दी उद्योग वाणिज्य संघले पटकपटक आन्दोलन र ज्ञापनपत्र समेत दिएको थियो भने राजनीतिक दलले प्रदेश र संघीय सरकारमा समेत पुगेर समस्या समाधानका लागि दवाव दिएका थिए । नयाँ फिडर जडानपछि जिल्लामा विधुत ‘ट्रिप’को समस्या समाधान हुने अपेक्षा गरिएको म्याग्दी उवासंघका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘दुईदशकदेखिको एउटा माग सम्बोधन भएको छ,‘अब पनि समस्या आए निरन्तर खवरदारी गछौं’अध्यक्ष कटुवालले भने । यसैबीच प्राधिकरणको सक्रियतामा पश्चिम म्याग्दीको मालिका गापामा निर्माणाधिन ३३÷११ केभि सवस्टेसन निर्माणले समेत गति लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->