आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युरोकप र कोपा अमेरिका कपको अनलाइन वेटिङ गर्ने ८ पक्राउ

युरोकप र कोपा अमेरिका कपको अनलाइन वेटिङ गर्ने ८ पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७८, सोमबार

पोखरा, २१ असार– यतिवेला विश्वभर युरो कप र कोपा अमेरिका कपको माहोल छ । विश्वमै चर्चित खेल फुटबल प्रेमीले अहिले दुई ठुला प्रतियोगिता हेरिरहेका छन् ।

फुटबल मोह नेपालमा पनि उत्तिकै छ । सोहि फुटबल प्रतियोगितालाई नै कमाउने धन्दा गरेको समेत भेटिएको छ ।

युरो कप र कोपा अमेरिका कपको अनलाइन वेटिङ गर्दै आइरहेको ८ जनालाई काठमाण्डौँबाट प्रहरीले पक्राउ गरेको छ । अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफले लाभ लिने लक्ष्यका साथ वेटिङ गराउनेलाई काठमाण्डौँको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

 

 

उनीहरुले वेटिङ गराउँदै आएको भन्ने गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा,

काठमाडौं कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका ७ घर भएका ४६ वर्षीय सुरज टिवडेवाल , भारत बिहार पूर्बिचम्पारण रक्सौल घर भएका ४६ वर्षीय अशोक कुमार गुप्ता, काठमाडौं धापासी बस्ने चितवन खैरहनी नगरपालिका ५ टरौली घर भएका ४५ वर्षीय गोबिन्द प्रसाद आचार्य,

काठमाडौं इन्द्रचोक बस्ने भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेश कुमार अग्रवाल, काठमाडौं क्षेत्रपाटी बस्ने भारत राजस्थान झुनझुन सुरजगढ घर भएका ३३ वर्षीय सुचित डालमिया अग्रवाल र काठमाडौं मरुटोल बस्ने मोरङ बिराटनगर नगरपालिका ७ घर भएका ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन् ।

उनीहरुबाट रकम तथा मोबाइल समेत बरामद गरिएको छ । उनीहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम कासुरमा सजाय हुने प्रहरीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

उक्त वेटिङमा प्रयोग गरिने रकम आइएमइ बाट पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->