बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अक्सिजन कमी भएका बालकको हेलिकप्टरमार्फत उद्वार

अक्सिजन कमी भएका बालकको हेलिकप्टरमार्फत उद्वार


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७८, मंगलबार
तस्विरः कमल पौडेलको फेसबुक वालबाट ।

बागलुङ, २२ असार– केही दिनदेखि बिरामी परेका बालकमा अक्सिजनको समस्या देखिएपछि हेलिकप्टरमार्फत उपचारको लागि पोखरा पठाईएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ४ का पाँच वर्षिय एक बालकमा अक्सिजनको कमी भएपछि हेलिकप्टरमार्फत पोखरा पठाईएको हो । तीन दिनअघिदेखि निमोनियाका लक्षणहरु देखिएपछि परिवारले उनलाई स्थानीय स्वास्थ्यकर्मि सँगको सल्लाहमा औषधि खुवाउँदै आएको थियो ।
मंगलबारसम्म पनि बालकको स्वास्थ्यमा सुधार नआएपछि पाल्पास्थिती मिसन अस्पताल लैजाँदै गर्दा उनमा अक्सिजनको समस्या देखिएको थियो । ‘गुल्मीको वामीटक्सार पुग्दा स्वासप्रस्वासमा समस्या आयो, त्यसपछि फर्काएर ल्याईयो’ परिवारका सदस्यलाई उदृद गर्दै बडिगाडबाट राजन पाईजाले भने ‘बडिगाड स्थित त्रिभुवन मावि आईसोलेसनमा रहेको अक्सिजन दिएपछि उनलाई सहज भएको थियो ।’
प्रभु एयरको हेलिकप्टरमार्फत उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाईएको हो । उनमा कोभिड–१९ संक्रमण थियो वा अन्य कारणले अक्सिजनको कमी भयो भन्ने बिषय भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->