बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ताराखोलाको बाढीमा एक युवा बेपत्ता, पशुचौपाया बगायो

ताराखोलाको बाढीमा एक युवा बेपत्ता, पशुचौपाया बगायो


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७८, बुधबार

बागलुङ, २३ असार– बागलुङको ताराखोलामा अबिरल बर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् । मंगबार साँझदेखि निरन्तर परेको बर्षासँगै आएको लेदोसहितको बाढीले ताराखोला गाउँपालिका– ३ हिल स्थित घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो ।
खोला छेउमा रहेको बाख्रा फार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । ‘रातको समयमा बाख्रा जोगाउन खोला छेउमा पुगेको रहेछ, त्यत्तिकैमा बाढी आएर खोरसँगै उसलाई बगाएको कुरा छ’ ताराखोलाका पुराना पत्रकार महेन्द्र घर्तीले भने ‘राताखोलाका सबैठाउँमा पहिरोले वितण्डा मच्चाएको छ ।’
पहिरोमा परि सम्पर्क बिहिन रहेका कार्कीको खोजी भैरहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए । बढिले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । वर्षाका कारण ताराखोला गाउँपालिका–१ हिलको इदि टोलमा केही परिवार बिस्थापित छन् । बिबरण आउन बाँकी छ ।
वडा नं. २ अर्गलमा एक घर पुरिएको छ । मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । बाढीसंगै खोलामा पानीको बहाब बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेपछि स्थानीय त्रसित छन् । बजार क्षेत्रका २५ परिवारलाई गत रातिनै सुरक्षित स्थानमा सारिएको छ । उद्दारकालागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पुग्दै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->