आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली फाइनलमा

स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली फाइनलमा


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७८, बुधबार

पोखरा, २३ असार– स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली जारी युरो कपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राती भएको खेलमा स्पेनलाई टाइबे्रकरमा ४–२ ले हराउँदै इटाली दशौ पटक फाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेट १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा इटालीका म्यानुएल लोकाटेलीको प्रहार गोलरक्षक उनाइ सिमोनले बचाउ गरे । लगत्तै स्पेनका ड्यानी ओल्मो पेनाल्टी प्रहारमा आएका थिए । उनको प्रहार निकै आकाशियो ।

इटालीका लागि आन्द्रीए बेलोट्टी, लिओनार्डो बोनुचील फेडेरिको बर्नार्डेस्की र जर्जिन्होले गोल गरे । स्पेनका जेरार्ड मोरेनो, थियागोले गोल गर्दा अल्भारो मोराटाको प्रहार गोलरक्षक डोनारुम्माले बचाउ गर्दै जीत दिलाए ।

पहिलो हाफमा स्पेन फिनिसिङमा चुक्दा हार व्यहोर्न बाध्य भएको हो । खेलको ६० औ मिनेटमा इटालीका फेडेरिको किएजाले गोल गर्दै अग्रता दिलाए । लगत्तै स्पेन केहि दबाबमा परेको थियो ।

६६ औ मिनेटमा स्पेनका ड्यानी ओल्मोले मिकेलले ओयाराज्बालको पासमा गरेको प्रहार बाहिरीदा बराबरी गर्नबाट चुक्यो । ६८ औ मिनेटमा इटालीको अग्रता दोब्बर पार्ने अवसरमा स्पेनी गोलरक्षक बाधक बने ।

डोमेनिको बेरार्डीको प्रहारलाई उनाइ सिमोनले विफल पारिदिदाँ स्पेनको खतरा टरेको थियो । ७९ औ मिनेटमा बेरार्डीकै प्रहारमा गोलरक्षक सिमोन बाधक बन्दै खेलमा फर्किने संकेत गरे ।

८० औ मिनेटमा परिवर्तीत खेलाडी अल्भारो मोराटाले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयको खेल १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । उक्त समयमा कुनैपनि टोलीले गोल गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->