आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोलम्वियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

कोलम्वियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७८, बुधबार

पोखरा, २३ असार – अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ । बुधवार विहान भएको खेलमा अर्जेन्टिनाले कोलम्वियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै फाइनलमा ब्राजिलसंगको भेट पक्का गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी, लियान्द्रो ड्यानियल र लोयटारो मार्टिनेजले गोल गरे ।

कोलम्बियाका लागि जुआन कोर्डाडो र मिगुइल बोर्जाले गोल गरे । अर्जेन्टिनाका राड्रिगो डि पउलको प्रहार आकाशिदा कोलम्बियाका डाभिन्सन सान्चेज, यारी मिना र इडविन कोर्डाेनाको प्रहार अर्जेन्टिनी गोलरक्षक मार्टिनेजले बचाउ गर्दै टोलीलाई जीत दिलाए ।

यस अघि खेलको सातौ मिनेटमै अर्जेन्टिनाले अग्रता लिएपनि खेलमा सम्हालिन नसक्दा जीतका लागि टाइब्रेकरको सहायता लिन बाध्य भयो । लोउटारो मार्टिनेजले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको नवौ मिनेटमा कोलम्वियाका जुआन कोर्डाडोको प्रहारमा अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेज बाधक बने । पहिलो हाफमा १ गोलले पछि परेको कोलम्वियाले दोस्रो हाफमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ६२ औ मिनेटमा लुइस डियाजेले गोल गरे । कार्डानाको फ्रिकिक पासमा गोल गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->