बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

फेरिइँदै सहिद पार्क

फेरिइँदै सहिद पार्क

४१ लाख रुपैयाँ खर्चेर पार्कलाई सुन्दर बनाउन कुल स्टमेटको ३० प्रतिशत नगरपालिकाले साझेदारी गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७८, बुधबार

बागलुङ, २३ असार– बागलुङ नगरपालिका–१ बांगेचौरमा रहेको सहिद स्मृति पार्कलाई मध्यभागबाट चिरेर पर्वत जोडेको संसारकै लामो झोलुंगे पुल । कोरोना महामारी नहुँदो हो त यतिबेला पुल घुम्न आउनेहरुको पार्कमा बाक्लो उपस्थिति हुन्थ्यो । पार्कको पश्चिमतर्फ रहेको नेपालकै प्रशिद्ध कालिका मन्दिर दर्शनका लागि आउनेहरु पनि पार्कमा पुग्थे । पुल निर्माण पूर्व सहरी कोलाहालबाट मुक्तिका लागि पार्कमा पुग्नेहरुको ठूलो लर्को थियो ।
पार्कको बीच भागमा रहेको पोखरी बर्षाको पानी जम्मा भएर लामखुट्टे उत्पादन गर्ने केन्द्र मात्रै थियो । आसपासका विरुवा मरेर सुठो परेका थिए । लामो समय सरोकारवालाको नजरमा नपरेको पार्कले सास फेर्न थालेको छ । उद्यानमा रहेको फोहोरको डंगुर व्यवस्थापन भएको छ । उद्यान छेवैबाट बग्ने बजारको फोहोर बोकेको नाली व्यवस्थापन भएको छ ।
‘पार्क नजिकै रहेको सडक नालीहुँदै यहाँ बग्ने नालीको व्यवस्थापन गरेका छौं,’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, ‘यो वर्ष पार्कलाई सुन्दर बनाउने घोषणा थियो, सोही अनुसारको काम भइरहेको छ ।’ सहरी जीवनको कोलाहलबाट बालबालिका तथा वृद्धहरुका लागि शान्ति दिने उद्देश्यले २२ वर्षअघि रामरेखा सामुदायिक वनसँग सहकार्य गरेर तत्कालीन नगरप्रमुख ऋषिराम शर्माले यो पार्क बनाएका थिए ।
निर्माणपछि लामो समय सुसार नपाएको पार्कले अहिले मुहार फेर्न थालेको छ । पार्कमा रहेको पोखरी र आसपासमा रहेका सहिदका सालिकलाई मर्मत तथा रङरोगन गर्ने काम भइरहेको इन्जिनियर मनोज शर्माले बताए । पार्कको सुरक्षाका लागि रिटर्निङ वाल लगाउने काम भइरहेको छ । पार्कभित्रै पैदल हिँड्डुलका लागि १ सय ८० मिटरको पदमार्ग निर्माणको काम भइरहेको शर्माले बताए ।
‘फूलका विरुवा र दुबो रोप्न १६ लाख खर्च हुँदैछ,’ शर्मा भन्छन्, ‘पार्कको सौन्दर्यकरणको काम भइरहेको छ ।’ नेपाल सरकारको वन तथा भू–संरक्षण विभागको सहरी वन विकास कार्यक्रमअन्र्तगत हरियाली प्रवद्र्धन कार्यक्रममा सहकार्य गरेर यो पार्कको सौन्दर्यकरण गरिएको हो । ४१ लाख रुपैयाँ खर्चेर पार्कलाई सुन्दर बनाउनका लागि कुल स्टमेटको ३० प्रतिशत नगरपालिकाले साझेदारी गरेको नगरप्रमुख पौडेलले बताए ।
‘पहिले प्रभु बैंकले जिम्मेवारी लिएर पार्कको मर्मत थालेको थियो, केही अवरोधका कारण लामो समय काम हुन सकेन,’ पौडेलले भने, ‘पछिल्लो समय पार्कको मध्यभागबाट लामो पुल बनाउँदा केही समय पार्कको उपयोग भएन ।’ पुलका कारण २ भागमा विभाजन भएको पार्क बागलुङको पर्यटनसँग जोडिने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->