बागलुङ, २४ असार– बुधबार बिहान साढे तीन बजेको थियो । आकाश गर्जिएर पानी पर्न थालेको तीन घण्टा बितिसक्दा समेत पानी रोकिएन् । खोलाको बहाव बढ्न थाल्यो, घरमाथी रहेको सडकबाट पन्छाएको बाढी घरतिर सोझियो । घरमा बाढी पस्ने त्रासले राजेन्द्रले सुतिरहेका हजुरबुबा, बुबा र भाईलाई समेत उठाए ।
चारै जना मिलेर घरमाथीको सडकबाट घरगोठतर्फ आईरहेको भल खोलातर्फ लगाए । सडकमा आएको बाढीले घर त जोगियो तर घरछेवैको सानो खहरेमा एक्कासी आएको बाढीबाट राजेन्द्र भने जोगिन सकेनन् ।
बागलुङको ताराखोला गाउँपालिका–३ घुस्मेलीका १८ वर्षिय राजेन्द्र कार्कीलाई बुधबार बिहान बाढीले बगाउँदा बेपत्ता छन् । ‘कहिल्यै नआएको पानी अहिले आयो, आरीबाट खन्याएको जस्तै’ वडाध्यक्ष जीतबहादुर बस्नेतले भने ‘अलि माथी पहिरो आएर खोल्सी थुनिएछ, एकै पटक फुटेर आउँदा सत्यानाश ग¥यो ।’
राजेन्द्रसँग सडकको भल तर्काईरहेका उनका बुबा कृष्णबहादुर कार्की, भाई र हजुरबुबा घाईते छन् । ‘कृष्णबहादुरलाई बाढीले केही तल पु¥याएर छेउ लगाएको अवस्थामा थिए, हजुरबुबा र भाईलाइ पहिल्यै बाढीको हावाले हुत्याएछ’ बस्नेतले भने ‘खोरका बाख्रा र राजेन्द्रलाई बाढीले बगाएछ ।’
प्रत्यक्षदर्शीका अनुसार राजेन्द्रले छिमेकीलाई लाईट बाल्न लगाएर गोठमा पसेको भल तर्काउँदै थिए । त्यही भेलमा बेपत्ता भएपछि अहिले कार्की परिवारमा सन्नटा छाएको छ । कृष्णबहादुरको टाउकोमा गहिरो चोट छ । शरीरका अन्य अंगमा समेत स–साना चोटहरु लागेकाले स्थानीय स्वास्थयचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
व्यवसायीक बाख्रापालनका लागि भनेर ‘कार्की बाख्रा फार्म’ दर्ता भएको छ । छोरासँगै कृष्ण बहादुरले पालेका ४० वटा बाख्रा पनि बाढीले बगायो । ११ बाख्राको शकुशल उद्धार गरिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए । घुस्मेलीको अर्खालबोट भन्ने स्थानमा ५० मिटर माथिबाट पहिरो आई खोला थुनिँदा गोठमा रहेको भैँसी पनि बाढीले बगाएको छ । परिवारका ६ जना सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हवारीले बताए ।
सोही ठाउँका ध्रुव क्षेत्रीको होटेल पहिरोले पुरेको छ भने ताराखोला–१ माझखर्कमा पहिरोले स्थानीय गंग बहादुर मगरको गोठ र उक्त गोठमा रहेको १ भैँसी र २ बाख्रा पुरेको छ ।





