आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा

इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा


  • ढोरपाटन संवाददाता
  • असार २४ २०७८, बिहिबार

पोखरा, २४ असार– ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ ।

१६ औ संस्करणको युरो कपको अन्तिम सेमिफाइनल खेलमा डेनमार्क माथि २–१ को संघर्षपूर्ण जीत निकाल्दै इंग्ल्यान्ड इतिहास बनाउने दाउमा लागेको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा रोकिएपछि थप गरिएको अतिरीक्त समयमा कप्तान केनले गोल गर्दै इतिहासमा पहिलो पटक टोलीलाई फाइनलमा पु¥याउन सफल भएका हुन् ।

प्रभावशाली खेलाडी केन माथि डेनमार्कले कडा निगरानी राखेपनि रोक्न भने सकेनन् । केनलाई रोक्न सके जीत्नेमा विश्वस्त रहेको डेनमार्क निरिह हुन पुग्यो ।

खेलको ३० औ मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । उक्त अग्रता जोगाउन नसक्दा डेनमार्कले हार व्यहोर्न बाध्य भयो ।

इंग्ल्यान्डले ३९ औ मिनेटमा उपहार गोल पाएपछि खेल बराबरीमा पुगेको थियो । इंग्ल्यान्डका बुकायो साकाको क्रसलाई बचाउ गर्ने क्रममा डेनमार्कका डिफेन्डर सिमोन किएरले आत्मघाती गोल गर्न पुगेका थिए ।

खेलको ११ औ मिनेटमा इंग्ल्यान्डका स्टर्लिङ अग्रता लिनबाट चुके । ह्यारी केनले दायाँ विंगबाट दिएको क्रस पासमा स्टर्लिङ ढिला पुग्दा गोल गर्नबाट चुके ।

१२ औ मिनेटमा स्टर्लिङको प्रहार सोझैँ गोलरक्षक स्माइकलको हातमा पुग्दा अर्को अवसर खेर गयो । १६ औ मिनेटमा डेनमार्कका पिएर एमिल होएबिएरको प्रहारमा इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफर्ड बाधक बने ।

२५ औ मिनेटमा मिकेल डाम्सगार्डले सुन्दर अवसर खेर फाल्दा डेनमार्क अग्रता लिनबाट चुक्यो । इंग्ल्यान्डका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदै मिकेलले प्रहार गरेपनि पोस्ट नजिकैबाट बाहिरीन पुग्यो ।

३७ औ मिनेटमा स्टर्लिङको प्रहारमा डेनमार्कका गोलरक्षक स्माइकल बाधक बने । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । कप्तान केनको पेनाल्टी प्रहारलाई गोलरक्षक स्माइकलले विफल पारेपनि फर्किएर आएको बलमा केनले कुनै गल्ती गरेनन् ।

उनले गोल गर्दै टोलीलाई जीत दिलाए । जीतसंगै इंग्ल्यान्डले फाइनलमा इटालीसंगको भेट पक्का गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->