बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एकद्वार संकट व्यवस्थापन केन्द्रमा आउने हिंसा पीडित महिला धेरै

एकद्वार संकट व्यवस्थापन केन्द्रमा आउने हिंसा पीडित महिला धेरै


  • Dhorpatan News
  • असार २४ २०७८, बिहिबार

बागलुङ, २४ असार– पछिल्लो १० वर्षको अवधिमा साविकको धौलागिरिका तीन जिल्लाका ८ सय १४ जनाले एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा लिएका छन् । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्रले बागलुङ, पर्वत र म्याग्दीका हिंसा पीडितहरुका लागि सेवा उपलब्ध गराएको हो ।
प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्र्तगत धौलागिरि अस्पतालमा सञ्चालनमा रहेको कार्यक्रम प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ । १० वर्षे अवधिमा हिंसा पीडित भएका कारण अस्पतालमा आधारित सेवा लिनेहरुमा महिलाको संख्या बढी छ ।
यो अवधिमा ९८ जना पुरुष हिंसाको शिकार भएका छन् । बाँकी सबै महिला रहेको केन्द्र प्रमुख देवी भट्टराईले जानकारी दिइन् । हिंसाबाट पीडितहरुका लागि स्वास्थ्योपचारदेखि न्यायिक उपचारसम्म केन्द्रले सुविधा उपलव्ध गराउने गरेको छ । ‘हामी सबै सेवा दिन्छौं, मनोपरामर्श, उपचारदेखि न्यायिक उपचारसम्म तर हिंसा पीडितहरु अझैपनि लुकेर बस्नुभएको छ,’ भट्टराईने भनिन्, ‘पहिलेको तुलनामा अहिले केही संख्या बढेको छ, तर लकडाउनमा कम आउनुभयो ।’
पहिलो वर्ष २०६८ सालमा १७ जना हिंसा पीडित संकट व्यवस्थापन केन्द्रमा पुगेका थिए । तीमध्ये ३ जना पुरुष थिए । चालु वर्षमा ८७ जनाले सेवा पाउँदा १७ जना पुरुष छन् । संकट व्यवस्थापन केन्द्रका अनुसार हिंसाका कारण आत्महत्या गर्नेहरुको तथ्यांक धेरै छ ।
पीडितमध्ये १५ देखि २९ वर्ष समूहका महिला तथा पुरुषको संख्या धेरै छ भने जन्मेदेखि १४ वर्ष उमेर समूहका ९ जना बालिका हिंसाको शिकार भएर सेवा लिएका छन् । सेवा लिनेहरुमा बागलुङका ७७ जना, पर्वतका ७ जना र म्याग्दीमा ५ जना पीडितहरु रहेको भट्टराईले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->