बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङको दक्षिण जाने सडक खुलाउने प्रयास सुरु

बागलुङको दक्षिण जाने सडक खुलाउने प्रयास सुरु


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७८, शनिबार

बागलुङ, २६ असार– पहिरोका कारण क्षति पुगेको कालिगण्डकी करिडोर मर्मत गरेर सवारी सूचारु गर्ने काम सुरुभएको छ । गत मंगलबार रातीको बर्षापछि पहिरो आएर अबरुद्ध भएको करिडोर सुचारु गराउन मर्मत थालिएको हो । बागलुङ नगरपालिका–१० एक्लेसालमा एउटै पहिरोले जिल्लाको दक्षिणभेग जोड्ने तीन वटा सडक क्षत्विच्छेद् बनाएको छ । कालिगण्डकी करिडोर, बागलुङ कुश्मीशेरा सडक र करिडोरको वैकल्पिक मार्गमा समेत बाढी र पहिरोका कारण ठुलो क्षति भएको छ । सडकमा पहिरोले क्षति पुगेपछि जिल्लाको दक्षिण क्षेत्र चार दिन देखि सडक सञ्जालबाट बिच्छेद भएको छ । करिडोरको बेस घटाएर तत्कालका लागि अस्थायी रुपमा सवारी सूचारु गर्नेगरी काम गर्न लगाईएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘सडकनै ठुलो खाडल पारेर बगाएको छ, तत्काल बन्ने अबस्थानै छैन्, अस्थायी रुपमा केही माटो फालेर भएपनी साना सवारी चल्ने बनाउन थालेका छौं,’ पौडेलले भने ।
संघीय सडक डिभिजन कार्यालय बागलुङले स्काभेटरको प्रयोग गरेर सडक मर्मत थालेको हो । बागलुङ कुश्मीशेरा सडक भने तत्काल मर्मत गर्न सम्भव नरहेको पौडेलले बताए । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नगरप्रमुख लगायतको समुहले पहिरोको अवलोकन गरेर विकल्पहरुको बिषयमा छलफल गरेको थियो । कहींकतै विकल्प नरहेकाले करिडोरनै मर्मत थालिएको हो । पुन पहिरो नआएमा एक दुई दिनमा सवारी सुचारु गर्न सकिने सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर शैलेन्द्र गौतमले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->