शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

आगामी तीन दिन गण्डकीसहित देशका पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

आगामी तीन दिन गण्डकीसहित देशका पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७८, आइतबार

बागलुङ, २७ असार – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन गण्डकीसहित देशका विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार, मनसुनी वायुको प्रभावले आगामी २४ घण्टा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।
उक्त प्रदेशमा पहिरोको जोखिम तथा नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार बिहान मौसम बदली रही देशभर वर्षा भइरहेको छ । दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->