बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढोरपाटनका अतिथी स्तम्भकार पाठक राससका प्रधानसम्पादकमा नियुक्त

ढोरपाटनका अतिथी स्तम्भकार पाठक राससका प्रधानसम्पादकमा नियुक्त


  • ढोरपाटन सम्वाददाता
  • साउन १ २०७८, शुक्रबार

बागलुङ, १ साउन– ढोरपाटन दैनिकका अतिथी स्तम्भकार एकराज पाठक राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा नियुक्त भएका छन् । कर्मचारी प्रतिनिधिका रुपमा रासस सञ्चालक समितिका सदस्य रहेका उनले १० औँ तहमा बढुवासहित आजदेखि प्रधानसम्पादकको जिम्मेवारी प्राप्त गरेका हुन् । बागलुङ नगरपालिका–१२ अमलाचौर स्थायी घर भएका पाठकले ढोरपाटन दैनिक र ढोरपाटन न्युज डटकममा अतिथी स्तम्भकारको रुपमा स्तम्भ लेख्ने गरेका छन् । पाठकलाई बिहिबार रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीको उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गरे ।
यसअघि प्रधानसम्पादक रहेका श्यामप्रसाद रिमाल ११ औँ तहका नायब महाप्रबन्धकमा बढुवा भएका छन् । यसैगरी प्रमुख समाचारदाता राजु शाक्य र अन्तरराष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछाने पनि नायब महाप्रबन्धकमा बढुवा भएका छन् ।
रासस आलेख शाखाका प्रमुख रहेका पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गरेका थिए । उनीसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ ।
सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तकका लेखक पाठकले यसअघि राससका उपप्रमुख समाचारदाता, अन्तरर्राष्ट्रिय समाचार डेस्कका प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गरेका छन् । त्यस्तै रासस प्रमुख समाचारदातामा कार्यकारी सम्पादक कृष्ण अधिकारी नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->