बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिवाइसीले पु¥यायो २ अर्बको सम्पत्ति

सिवाइसीले पु¥यायो २ अर्बको सम्पत्ति


  • ढोरपाटन सम्वाददाता
  • साउन २ २०७८, शनिबार

बागलुङ, २ साउन– सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको १० वर्ष नपुग्दै आफ्नो सम्पत्ति २ अर्ब पु¥याएको छ ।
१८ हजार ४ सय ३० जना शेयर सदस्यबाट ३२ करोड ५४ लाख ३९ हजार शेयर पूँजीसहितको कारोबारबाट यति ठूलो सम्पत्तिमा पुगेको हो । असार मसान्तमा २ अर्ब ४ करोड २० लाख ८५ हजारको वासलात तयार भएको प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले बताए ।
शुक्रबार चालु वर्षको प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुतिको अबसरमा एशियाली ऋण महासंघद्वारा संचलित अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्डमा पुग्नका लागि अधिकांश सूचक पूरा गरिरहेको अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिएका छन् । आगामी असार मसान्तसम्म शेयर सदस्य २८ हजार ५ सय पु¥याउने, संस्थाको कुल सम्पत्ति बढाएर ३ अर्व ५ करोड पु¥याउने तथा विदेशबाट फर्केका, कोभिडका कारण रोजगार गुमाएका युवाकालागि कृषि उद्यम संचालन गर्न ५० जनालाई एक वर्षकालागि ३ लाख रुपैयाँ सम्म सुलब व्याजमा ऋण प्रवाह गर्ने नीति लिएको बताए ।
नेपाल पत्रकार महासंघको एक पत्रकार एक ल्यापटप अभियानकालागि ५० हजार नगद सहयोग गर्ने र पत्रकारको संचार सामाग्री खरिद गर्नु परेमा बिना धितो ५० हजार रुपैयाँको दरले १५ जनासम्मलाई सहुलियत ऋण दिने नीति समेत सार्वजनिक भएको छ । सहकारीले ६ वटा सेवा केन्द्र खोल्ने, ८ वटा सम्पर्क कार्यालय र स्याटेलाइट अफिस खोल्ने योजनासमेत राखिएको छ ।
कार्यक्रममा सहकारीकी कोषाध्यक्ष सीतादेवी सापकोटाले सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कार दिने, नियमित कारोवार गर्नेलाई संचित कोष फिर्ता दिने जस्ता क्रियाकलाप पनि समावेश गरेको कार्यक्रम प्रस्तुती गरेकी थिइन् । उनले समस्या ग्रस्त सहकारीलाई सीप प्रदान गर्ने काममा समेत सिवाइसीले अभियान थालेको बताइन् । सदस्यहरुको सूचना प्रणालीलाई व्यवस्थापन गर्ने, महिला सहभागिता बढाउने, गरीब तथा जेहेन्दार द्यिार्थीलाई छात्रवृत्ति, प्रविधिको भरपुर उपयोग गर्ने र सरकारी, गैरसरकारी संस्था र कार्यालयको समन्वयमा स्वास्थ्य शिविर, चौतारी, पोखरी तथा प्राकृतिक श्रोत संरक्षणका अभियान चलाउने समेत योजना सहितको कार्यक्रम प्रस्तुती गरेकी थिइन् ।
अध्यक्ष शर्माले कृषि सहकारी गाउँ स्थापनाको अभियानलाई बढाउने र कृषि ऋणको सदुपयोग गर्दै सबैलाई व्यवसायिक बनाउने अभियानमा लगाउने समेत बताए । सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता, सहसचिव सुवास आचार्यको संचालन र प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष दिल शिरिश र सचिव विजय रानाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->