बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सोह्र दिनदेखि सडक अबरुद्ध, दुग्ध ढुवानीमा समस्या

सोह्र दिनदेखि सडक अबरुद्ध, दुग्ध ढुवानीमा समस्या


  • ढोरपाटन संवाददाता
  • साउन २ २०७८, शनिबार

बागलुङ, २ साउन– बागलुङको दक्षिण क्षेत्र १६ दिनदेखि सडक सम्पर्क बिहिन छ । एउटै पहिरोले जिल्लाको दक्षिण जोड्ने चार सडकमा क्षति पु¥याएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिमामा समेत सवारी आवतजावत बन्द छ ।
असार १८ गते राती आएको पहिरोले बागलुङ नगरपालिका–१० एक्लेशालमा चार सडकमा क्षति पु¥याएको हो । कालिगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड, बागलुङ कुश्मीशेरा सडक, करिडोरको बैकल्पिक सडक र एक्लेशाल–भकुण्डे सडक पहिरोले बगाएको हो । सडकको गहिराईबाटनै पहिरोले बगाएकाले सडक मर्मतमा समस्या भएको बागलुङ नगरपालिकाले जनाएको छ ।
पहिरोले सडक अबरुद्ध भएपछि दुध ढुवानी गर्न नपाउँदा यहाँका किसान मर्कामा परेका छन् । बागलुङ नगरपालिकाको बलेवा क्षेत्र र जैमिनी नगरपालिकाका किसानले उत्पादन गर्ने दुधको ढुवानीमा समस्या भएको हो ।
सडक अबरुद्ध भएर समयमा दुध ढुवानी गर्न नपाएका कारण व्यवसायीक दुध उत्पादक किसानहरु मर्कामा परेको कालिगण्डकी दुध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताए । बलेवाका किसानले उत्पादन गरेको दुध पर्वतको सदरमुकाम कुश्मा, पोखरा र बागलुङ बजारमा बिक्री हुने गरेको छ ।
सडक अबरुद्ध हुँदा बलेवा कुश्मा यान्त्रिक पुलको प्रयोग गरेर किसानले दुध बजार पुराएका छन् । पुलको प्रयोग गर्दा लाग्ने भाडाले उत्पादन खर्च बढाएको किसान गुरुदत्त आचार्यले गुनासो गरे । स्टोर गरेर राख्न चिस्यान केन्द्र पर्याप्त नहुने र समयमा बजारमा दुध नपुग्दा फाट्ने समस्या रहेको उनको भनाई छ ।
बलेवा र जैमिनी क्षेत्रका किसानले दैनिक २ हजार लिटर भन्दा धेरै दुध उत्पादन गरेर बजार पठाउने गरेका छन् । ‘हाम्रो मुख्य पेसा नै यही हो’, आचार्यले भने ‘एक दिन दुध रोकिँदा व्यवसायीक किसानको हजारौंको क्षति हुन्छ ।’ बैकल्पिक सडकको व्यवस्था हुनुपर्ने उनको माग छ । कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पा, सडक डिभिजन कार्यालय बागलुङ र जिल्ला प्रशासन कार्यालय बागलुङले समेत आ–आफ्नो तर्फबाट सडक खुलाउने प्रयास गरिरहेका छन् । ‘काम निरन्तर भैरहेको छ, पहरोनै खसेकाले समस्या छ’ प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने ‘बिकल्प समेत केही छैन् ।’ तत्कालका लागि करिडोर मर्मतको प्रयास भएको हो । कालोपत्रे भैसकेको बागलुङ कुश्मीशेरा सडक भने मर्मत गर्न महिनौं लाग्नेगरी क्षति भएको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->