बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

१८ दिनपछि खुल्यो कालिगण्डकी करिडोर

१८ दिनपछि खुल्यो कालिगण्डकी करिडोर


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७८, सोमबार

बागलुङ, ४ साउन– जिल्लाको दक्षिण क्षेत्र १८ दिन पछि सडक सञ्जासँग जोडिएको छ । असार १८ गतेदेखि अवरुद्ध बागलुङ कुश्मीशेरा सडक र कालिगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्क बिहिन भएको थियो ।
आईतबार कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी पहिरोका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक सूचारु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागलुङ कुश्मीशेरा सडक भने अझै खुलेको छैन् ।

करिडोर तत्कालकालागि अस्थायी रुपमा सञ्चालनमा ल्याईएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । बागलुङ नगरपालिका–१० एक्लेशालमा खसेको पहिरोले त्यहाँ रहेका चारवटा सडकमा क्षति पु¥याएको थियो । ‘दक्षिण जोडिएका सडकमा यो बर्षकालागि निकै समस्या छ, ठुला ठुला पहिराले सडक अबरुद्ध हुने गरेको छ’ कार्कीले भने ‘ठुलो बर्षा नभएमा केही दिन सडक सुचारु रहन्छ ।’ करिडोर सञ्चालनमा आएपछि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमनमा सहज हुने छ ।

करिडोरसमेत बन्द हुँदा जिल्लाको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका किसान सबैभन्दा धेरै मर्कामा परेका थिए । अत्यावश्यक खाद्यान्न लगायतका समग्रीको ढुवानीमा समेत समस्या भएको थियो भने बिरामी बोक्ने एम्बुलेन्स समेत नचलेका कारण पैदल छिमेकी जिल्ला पर्वत सदरमुकाम कुश्मा बजार पुग्नुपर्ने बाध्यता थियो । ‘खुलेका बेला खाद्यान्न स्टोर गर्न भनेका छौं, विकल्प पनि त छैन्’ कार्कीले भने ‘हाी तयार नै छौं, हामी जस्तै पहिरो पनि खस्नका लागि तयार भएर बसेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->