बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण सुरु

राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण सुरु


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७८, सोमबार

पोखरा, ४ साउन– राष्ट्रिय महिला फुटबल टोलीले एएफसी महिला एशियाली कप २०२२ का लागि प्रशिक्षण सुरु गरेको छ । टोलीले सोमबारदेखि बन्द प्रशिक्षण सुरु गरेको हो ।

टोलीमा गोलरक्षक अन्जना राना मगर, अंजिला तुम्बापो सुब्बा, उषा नाथ, सवित्री किसान र सपना राई रहेकाछन् ।

 

यस्तै रेणुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत, अनिता केसी, गीता राना, अंजली योन्जन, प्रीति राई, निशा थोकर, सृर्जना चेम्जोङ, हीरा कुमारी भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जरघा मगर,कविता धिमाल, सुनिता चौधरी, विमला विक, दीपा राई, सपना लामा, रश्मि घिसिङ, सर्मिला थापा, इंदिराराई, विमला चौधरी, अमृता जैसी, कुमारी गुरुङ, सृृर्जना खड्का, निर्मला विक, मनिषा राउत, पूजा राणा, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, सिवनी कुसवार, सरस्वतती हमाल, अमिषा कार्की, कुसुम खतिवडा, सृर्जना सिंह, सबिता राणा, रजनी थोक राना मगर र चुमलुङगमा राई रहेकी छन् ।

टोलीको मुख्य खेलाडी सावित्रा भण्डारी (साम्बा) भने घुडाको चोटको कारण टोलीमा छैनन् । विभागीय क्लब एपिएफकी फरवार्ड सावित्रा गत वर्ष फागुनमा भएको राष्ट्रिय महिला लिग अन्तगर्त नेपाल पुलिस क्लबसंग खेल्ने क्रममा घाइते हुन पुगेकी थिइन् ।

उनको दायाँ घुडामा गम्भिर चोट लागेको थियो । उनको कतारको दोहा स्थित अस्पेटार अस्पतालमा घुडाको सफल शल्यक्रिया भएको छ ।

विश्व खेलकुदको लागि उत्कृष्ट मानिने उक्त अस्पतालमा उनी उपचारका लागि असार १२ गते प्रस्थान गरेकी थिइन् । उनी लिगको सर्वाधिक गोलकर्ता हुन् ।

यतिमात्र होइन राष्ट्रिय टिमकी समेत उनी सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रिय जर्सीमा ३८ गोल गरेकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->