बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा निशेधाज्ञा साउन १४ गतेसम्म थपियो

बागलुङमा निशेधाज्ञा साउन १४ गतेसम्म थपियो


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७८, सोमबार

बागलुङ, ४ साउन– जिल्ला प्रशासन कार्यालय बागलुङले लगाउँदै आएको निशेधाज्ञा साउन १४ गते सम्मका लागि बढाएको छ ।

बढाएको समयको निशेधाज्ञा तुलनात्मक खुकुलो हुनेछ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय तथा सिफारिसको आधारमा निशेधाज्ञा लम्व्याइएको प्रशासनको बिज्ञप्तीमा उल्लेख छ ।

थपिएको समयमापनि बिद्यालय, मठमन्दिर, सभाहल, सिनेमाहल, जिमहल जस्ता स्थान खोल्न नपाइने उल्लेख छ । सरकारी कार्यालयमा गरिंदै आएको कामलाई समेत बार अनुसार बिभाजन गरेर गर्न लगाइएको छ । प्रशासनको आदेश र सूचनामा बढाइएको निशेधाज्ञा अबधिभर बार अनुसार पालिकको सेवा दिने उल्लेख छ । जिल्ला प्रशासन कार्यालय, नापी र मालपोत कार्यालयको सेवा बार अनुसार हुनेछ । आइतवार र सोमबार बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका, सोमबार र बिहिवार गलकोट नगरपालिका र ताराखोला गाउँपालिका तथा मंगलवार र शुक्रवार जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको काम गर्ने व्यवस्थापन गरिएको बताइएको छ ।

इलाका प्रशासन कार्यालय बुर्तिवाङमा दिने सेवा तर्फपनि बार छुट्टाइएको छ । ढोरपाटन नगरपालिकाका लागि आइतवार र बुधवार तोकिएको छ । सोमबार र बिहिवार निसीखोला तथा मंगलवार र शुक्रवार तमानखोला र बडिगाड गाउँपालिकालाइ सेवा लिने गरी छुट्टाइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->