पोखरा, ४ साउन – सरकारले गण्डकी प्रदेशको मनाङ र वागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले आगामी असोज १ गतेसम्म बाढीपहिरोबाट अत्यधिक क्षति व्यहोरिएका दुई जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको हो । विपद् जोखिम न्यूनीकरण ऐनअनुसार उक्त निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ढोरपाटनलाई बताए ।
यसैविच, सरकारले साउन ६ गते मुस्लिम धर्मावम्लीको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । बैठकले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह समेत गरेको छ ।





