बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विषाक्त मदिरा पिएर गम्भिर दुई जनालाई पोखरा पठाईयो

विषाक्त मदिरा पिएर गम्भिर दुई जनालाई पोखरा पठाईयो

मृतकको परिवारलाई खवर, पोष्टमार्टम पछि दाहसंकार गरिने ।


  • ढोरपाटन सम्वाददाता
  • साउन ५ २०७८, मंगलबार
फाईल तस्विर

बागलुङ, ५ साउन– बागलुङको गलकोटमा विषाक्त मदिरा पिउँदा गम्भिर बिरामी परेका दुई जनालाई पोखरा पठाईएको छ । धौलागिरी अस्पताल बागलुङमा सघन उपचार कक्ष खाली नभएकाले उनीहरुलाई पोखरा पठाईएको हो । अस्पतालका सघन उपचार कक्षमा कोभिड–१९ का बिरामी रहेकाले उनीहरुलाई बिषेशज्ञ चिकित्सकको सल्लाहमा पोखरा पठाईएको हो । हिजो साँझ बिषाक्त मदिरा सेवन गरेका ६ जनामध्ये ४ जनाको आज बिहान मृत्यु भएको थियो । उपचारको क्रममा रहेका बाँकी दुई जनालाई गण्डकी अस्पताल पोखरा पठाईएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताए ।
जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने उनीहरुले सोमबार साँझ स्थानीय पसलबाट मदिरा, दालमोठ, चाउचाउ लगायत किनेर खाएका थिए । मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनलाई पोखरा पठाईको कार्कीले बताए । अस्पतालका अनुसार उनीहरुको रगत र मुटुमा समस्या छ । बिरामीले निरन्तर बान्ता गरिरहेका छन् । उनीहरुको अबस्था गम्भिर छ । रगतमा बिषक्त पदार्थ मिसिएकाले डायलासिस गरेर पोखरा पठाईएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक चारै जनाई अस्पतालको शव गृहमा राखिएको छ । रोल्पामा रहेको परिवारलाई खवर भैसकेको कार्कीले बताए । उनीहरुको पोष्टमार्टम पछि परिवारलाई शव बुझाईने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->