बागलुङ, ५ साउन– बागलुङको काठेखोलामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका—५ बिहुँका ईन्द्रबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको हो । आज बिहान घाँस काट्का लागि भीरमा गएका उनी चिप्लिएर लडेका थिए । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । तीन पाँजा घाँस काटेर चौथो पाँजा घाँस काट्दै गर्दा चिप्लिएर लडेका उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उनी लडेको देखेपछि स्थानीयले खवर गरेकाले प्रहरी टोलि घटनास्थल पुग्दै गरेको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए ।





