बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विषाक्त मदिरा प्रकरण : प्रनाउको नेतृत्वमा अुनसन्धान समिति गठन

विषाक्त मदिरा प्रकरण : प्रनाउको नेतृत्वमा अुनसन्धान समिति गठन


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०७८, मंगलबार

बागलुङ, ५ साउन– जिल्लामा हिजो साँझ बिषाक्त मदिरा पिएका ६ जनामध्ये चार जना मजदुरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक इकवाल हवारीलाई घटनाको अनुसन्धानको जिम्मेबारी दिईएको हो ।
उनले पाँच सदस्य रहेको प्रहरीको अनुसन्धान समुहको नेतृत्व गर्नेछन् । बागलुङमा पहिलोपटक चार जनाको विषाक्त मदिरा सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्लीमगरले बताए ।
‘७ दिनको समय दिएर डिएसपी सापको नेतृत्वमा टोली पठाएको छु’ उनले भने ‘अहिलेसम्म दुई जना पक्राउ परेका छन्, मजदुरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडाहरु समेत बरामद गरेका छौं ।’ पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीय भक्तबहादुर बलाल रहेका छन् । उनीहरुसँग अहिले सोधपुछ चलिरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने उनले बताए ।
सोमबार बेलूकी गलकोट नगरपालिका वडा नं. ७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको थियो ।
सँगै मदिरा सेवन गरेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार संभव नभएपछि गण्डकी अस्पताल पोखरा पठाईएको छ । मृत्यु भएका चार जनाको पनि उपचारकै क्रममा ज्यान गएको थियो । उनीहरुको मदिरा सेवनकै कारण ज्यान गएको भनिएपनि ‘फूड प्वाइजन’ समेत हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->