आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ओलम्पिकमा जुडोकी सोनिया र रसियाकी डोल्गोभासँग भिड्ने

ओलम्पिकमा जुडोकी सोनिया र रसियाकी डोल्गोभासँग भिड्ने


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०७८, बिहिबार

पोखरा, ७ साउन– टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फ नेपालकी सोनिया भट्ट पहिलो चरणमा रसियाकी डोल्गोभा इरिनासँग भिड्ने भएकी छिन् ।

वाइल्डकार्ड मार्फत ओलम्पिकमा सहभागि सोनिया ४८ केजी तौल समूहमा इरिनासँग लड्ने पक्का भएको हो । विश्व वरीयतामा नवौं तथा जारी ओलम्पिकमा आठौँ स्थानमा रहेकी इरिनासँग सोनिया भिड्न लागेकी हुन् ।

सोनिया भने विश्व वरीयताको १ सय २७ औं स्थानमा छिन् । उनी वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् । सोनिया र प्रशिक्षक सूर्यनारायण श्रेष्ठ केहि दिन अघि नै टोकियो पुगिसकेका छन् ।

सोनियाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् । उनले जुनियर विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन् । उनले जुलाई २४ मा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->