पोखरा,७ साउन– टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फ मेक्सिकोले फ्रान्समाथि सानदार जित हात पारेको छ ।
बिहिवार भएको समूह ए अन्तर्गतको खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ स्तब्ध पारेको हो । एजिनोमोटा रंगशाला चोफुमा भएको खेलको पहिलो हाफ अत्यन्तै प्रतिस्पर्धात्मक रहेपनि दोस्रो हाफमा भने फ्रान्सले लय गुमाउन पुग्यो ।
मेक्सिकोको जितमा एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डाेभा, कार्लाेस एन्टुना र इडुआर्डाे एगुएरेले समान एक गोल गरे । फ्रान्सका आन्द्रे पिएरे जिग्नाकले सान्त्वना १ गोल फर्काए ।
खेलको ४७औं मिनेटमा एर्नेस्टो भेगाको गोलबाट मेक्सिकोले अग्रता लिएको थियो । ५५औं मिनेटमा फ्रान्सिस्को कोर्डाेभाले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे ।
६९औं मिनेटमा आन्द्रे पिएरे जिग्नाकले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ८०औं मिनेटमा कार्लाेस एन्टुनाले गोल गरेपछि फ्रान्सको खेलमा फर्कने सम्भावना सकिएको थियो ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इडुआर्डाेले गोल गर्दै मेक्सिकोलाई ४–१ को सानदार जित दिलाए । यो जितपछि समूह ‘ए’ मा मेक्सिकोको ३ अंक पुगेको छ । फ्रान्स अंकविहीन हुदँै पुछारमा रहेको छ ।
समूह डी मा आइभोरी कोस्टले साउदी अरेबियालाई २–१ ले हरायो । न्युजिल्याण्डले दक्षिण कोरियालाइ १–० ले हरायो ।

यस्तै समूह सी अन्तर्गत भएको स्पेन र इजिप्टबिचको खेल गोलरहित बराबरीमा रोकिएको छ । स्पेनको आक्रमणमा कमजोर देखिए देखियो । रक्षात्मक खेल खेलको इजिप्टले निर्धारित समयसम्म रोक्न सफल रह्यो ।





