पोखरा, ८ साउन– गण्डकी प्रदेशमा केही समय अगाडिसम्म मन्त्री बन्ने करिब निश्चित भइरकेका डोबाटे विश्वकर्मा मन्त्री नबन्ने भएका छन् । डोबाटे विश्वकर्माको ठाउँमा कास्कीका विन्दुकुमार थापा मन्त्री बन्ने भएका छन् ।
पौडेल समूहबाट मन्त्रीका दाबेदार मानिएका विश्वकर्मा मन्त्री बन्ने निश्चित थियो । तर, सपथको केहीबेर अघि मात्र उनको ठाउँमा कास्कीका थापा मन्त्री बन्ने भएका हुन् । उनी सँगै स्याङ्जाका मेखलाल श्रेष्ठ र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका छन् ।
बिन्दु कानुन मन्त्री, मेखलाल सामाजिक बिकास मन्त्री ,मणिभद्र पर्यटन मन्त्री र कुमार खडका भौतिक मन्त्री हुने चर्चा छ । कुमार यसअघि सामाजिक बिकास मन्त्री थिए ।





