आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

टोकियो ओलम्पिकमा नेपालबाट सहभागि भएका खेलाडीहरु

टोकियो ओलम्पिकमा नेपालबाट सहभागि भएका खेलाडीहरु


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०७८, शुक्रबार

पोखरा, ८ साउन– टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज भएको छ । खेलकुदको कुम्भ मेलाको रुपमा रहेको ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले सहभागिता जनाएका छन् ।

नेपालबाट पौडीकी गौरिका सिंह र एलेक्स शाह, जुडोबाट जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार र एथलेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछन् ।

गौरिकाले महिला १०० मिटर फ्रि स्टाइलमा तथा एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । सोनियाले ४८ केजीमुनि खेल्नेछिन् ।

कल्पनाले १० मिटर एयर राइफल्समा तथा सरस्वतीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन । युनिभर्सियालिटी प्लेस अन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।

वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकका लागि छनोटमा परेका हुन । नेपालका २ खेलाडीले शनिबार खेल्दैछन ।

जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले नेपालको चुनौती पेश गर्नेछन् । सोनियाले महिला ४८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । उनको तौल समूहको खेल विहान ७:४५ बजेदेखि सुरु हुनेछ ।

पहिलो चरण पारे गरे लगातार खेलको अन्य चरण त्यसै दिन हुनेछ । विहीबार भएको खेल तालिका सार्वजनिक समारोहमा ४८ केजी तौल समूहमा सोनियाको भेट इरिनासँग हुने पक्का भएको हो ।

डोपिङ प्रकरणका कारण प्रतिबन्धमा परेको रुस ओलम्पिकमा देशका रुपमा सहभागी छैन । अर्थात ओलम्पिकमा रुसको राष्ट्रिय झन्डा र राष्ट्रिय गान बजाइने छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झन्डा मुनि प्रतिस्पर्धा गर्नेछन् ।

सोनियाकी प्रतिद्वन्द्वी इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् । यस प्रतियोगितामा भने उनी आठौं वरीयताकी खेलाडी हुन् । नेपालकी सोनिया भट्ट भने विश्व वरीयतामा १ सय २७ औं स्थानमा छिन् ।

यस्तै सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । छनोट चरणमा उनको खेल विहान ५:१५ बजेदेखि सुरु हुनेछ । छनोट चरण पार गरे अन्तिम चरण साँझ नै हुनेछ ।

ओलम्पिकमा नेपाली टोलीको लक्ष्य पदक भन्दा पनि आफ्नो प्रदर्शन सुधार गर्नु नै हुनेछ । २७ जुलाईमा नेपाली पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

यस इभेन्ट दिउँसो ३:४५ बजेपछि सुरु हुनेछ । हिट चरण पार गर्न सकेमा २८ जुलाईमा अर्काे खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरणमा २९ जुनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

२८ जुलाईमा जलपरी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् । उनको हिट चरण दिउँसो ३:४५ बजेपछि सुरु हुनेछ । हिट चरणपछि २९ र ३० जुलाईमा यस इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । यस इभेन्टमा गौरिकाको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।

३० जुलाईमा एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । खेल विहान ९ बजेपछि सुरु हुनेछ । यो टोकियो आलेम्पिकका नेपालको लागि अन्तिम प्रतिस्पर्धा हुनेछ ।

सुरुवाटमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने भनिएपनि अन्तिम समयमा सरस्वती चौधरीले १ सय मिटर दौडमा खेल्ने अवसर पाएकी हुन् ।

हिट चरण पार गरे जुलाई ३१ मा यस इभेन्टको सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुनेछ । गौरिका दोस्रोपटक तथा एलेक्स, सरस्वती, कल्पना र सोनियाले पहिलोपटक ओलम्पिकको अवसर बटुल्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->