पोखरा, ९ साउन– जापानको टोकियोमा जारी टोकियो ओलम्पिक २०२१ मा चीन पहिलो स्वर्र्ण जित्ने राष्ट्र बनेको छ । चीनले शुटिङमा स्वर्ण जितेको हो ।
चीनकी किआन याङले महिला १० मिटर एयर राइफलमा स्वर्ण हात पारेकी हुन् । याङले समग्रमा २ सय ५१.८ अंक बटुल्दै स्वर्ण हात पार्दा रसियाकी अनास्तासिया गलाशिनाले २ सय ५१.१ अंक सहित रजत हात पारिन् ।
गलाशिना ओलम्पिक कमिटिको प्रतिनिधित्व गर्दै खेलेकी हुन । रसियालाई ओलम्पिकले कार्वाहि गरेको कारण ओलम्पिकमा रसियाको झण्डा र राष्ट्रिय गान समावेश गरिएन ।
उता नेपालबाट सहभागिता जनाएकी कल्पना पहिलो खेलमै हार व्यहोरिन । उनी समग्रमा ४६ औ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरीइन् ।





