आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एन्फा उपाध्यक्षसँगका विवादले अल्मुताइरीले प्रशिक्षकबाट राजीनामा दिए

एन्फा उपाध्यक्षसँगका विवादले अल्मुताइरीले प्रशिक्षकबाट राजीनामा दिए


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७८, आइतबार

पोखरा, १० साउन–अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षसँगको विवादको कारण नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले प्रशिक्षकबाट राजीनामा दिने बताएका छन् ।

उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत राजीनामा दिन एन्फा जान लागेको बताएका हुन् ।
उपाध्यक्ष पंकज नेम्वाङको नाम उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताए ।

फेसबुकमा उनले ‘प्रिय नेपाली फ्यान… म राजीनामा गर्न एन्फा जाँदैछु र वरिष्ट उपाध्यक्षको कारणले गर्दा म राजीनामा गर्छु, अन्तिम हप्तामा उसले मलाइ नाटक बनाउँछ । आशा छ तपाइ पंकज नेम्वाङ अहिले खुसी हुनुहुन्छ’ लेखेका छन् ।

प्रशिक्षक अल्मुताइरीले टोलीको जिम्मा सम्हालेपछि नेपाली फुटबल प्रेमीहरुबाट राम्रै समर्थन समेत पाएका छन् ।

उनको नेतृत्वमा रहेको टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्दा नेपालको खेल्ने शैलीमा निकै बदलाव आएको कारण समर्थकहरुले टोलीको निकै प्रशंसा समेत गरेका थिए । उनको नेतृत्वमा रहेको टोली विश्वकप छनोटबाट बाहिरीएपनि एशियन कपका लागि भने छनोट भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->