आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

टोकियो ओलम्पिक : ४ स्वर्ण सहित चीन शीर्ष स्थानमा

टोकियो ओलम्पिक : ४ स्वर्ण सहित चीन शीर्ष स्थानमा


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७८, आइतबार

पोखरा, १० साउन– जापानमा जारी टोकियो ओलम्पिकमा ४ स्वर्ण, १ रजत र ३ कास्य सहित चीन शीर्ष स्थानमा रहेको छ ।

चीनको हालसम्म समग्रमा ८ पदक रहेको छ । चीनलाइ पछ्याएको जापान ३ स्वर्ण र १ रजत सहित दोस्रो स्थानमा रहेको छ । अमेरिका २ स्वर्ण, २ रजत र ४ कास्य सहित तेस्रो स्थानमा रहेको छ ।

अमेरिकाको पनि समग्रमा ८ पदक रहेपनि स्वर्ण पदकमा जापान भन्दा पछि रहेको छ । यस्तै कोरियाको २ स्वर्ण र २ कास्य पदक सहित चौथो स्थानमा रहेको छ ।

यस्तै रसिया ओलम्पिकको १ स्वर्ण, २ रजत र १ कास्य रहेको छ । अष्ट्रेलिया र इटालीको समान १–१ स्वर्ण, १ रजत र १ कास्य रहेको छ ।

टुनिसिया, अष्ट्रिया, इक्वेडोर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्डको समान १–१ स्वर्ण रहेको छ । टोकियो ओलम्पिकमा हालसम्म ३५ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->