पोखरा, १० साउन– १३ औ साफ च्याम्पियनसिपको आयोजना गर्न लागेको बंगलादेशमा कोरोना महामारी बढ्दै गएपछि प्रतियोगिता गर्न नेपाललाइ सर्शत प्रस्ताव पत्र प्राप्त भएको छ ।
नेपालले आगामी अक्टोबरमा हुने साफ च्याम्पियनसिप प्रतियोगिता संचालन गर्ने प्रस्तावमाथि साफले सहमति जनाउदैँ पत्र पठाएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एसियाली फुटबल संघबाट (साफ) १३ औ संस्करणको साफ च्याम्पियसिपको आयोजना गर्न सशर्त प्रस्ताव गरेको हो ।
साफ महासचिव अन्वरुल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाइ नेपालमा च्याम्पियसिप आयोजना गर्न सर्शत प्रस्तावपत्र पठाएको हो ।
एन्फा महासचिव तुलाधरले च्याम्पियसिपको विस्तृत प्रस्ताव तयार गरी अनुमोदनका लागि साफलाइ पठाउने बताए ।
नेपालले प्रस्ताव गरेपश्चात अन्तिम निर्णय भने साफको कार्यकारी बैठकले गर्नेछ । बैठक आगामी हप्ता बस्ने छ ।
बंगलादेशले कोरोना संक्रमण बढेको जानकारी गराएपश्चात सदस्य राष्ट्रहरुबिच शुक्रवार भर्चुअल बैठकको आयोजना गरिउको थियो ।
प्रत्येक २–२ वर्षमा आयोजना हुने च्याम्पियसिप नेपालले सन् १९९७ र २०१३ मा आयोजना गरेको थियो ।
नेपाल साफ च्याम्पियनसिपको फाइलसम्म अझै पुग्न सकेको छैन् ।
नेपाल अन्तिम पटक अफगानिस्तानसँग सेमिफाइनलमा हारेको थियो ।





