बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कुखुरा खान गाउँ पसेको चितुवा खोरमा फस्यो

कुखुरा खान गाउँ पसेको चितुवा खोरमा फस्यो


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०७८, सोमबार

बागलुङ, ११ साउन– गाउँपसेको चितुवाले खोरमा थुनी राखेका कुखुरा, बाख्रा लगायतका घरपालुवा पंक्षी र जनावरलाई आक्रमण गर्न थालेपछि बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयले चितुवा नियन्त्रणमा लिएका छन् । स्थानीय भक्तबहादुर सुनुवारले कुखुराको सुरक्षाका लागि निर्माण पासोमा परेर चितुवा नियन्त्रणमा आएको हो । आईतवार राती घरको आगन छेउमा रहेको कुखुराको खोरसँगै सुरुवारले फलाको पासो बनाएर राखेका थिए । कुखुरा खान खोरमा परेको चितुवा पासोमा परेको हो । केही दिन यता गाउँमा चितुवा पसेर दर्जनौं कुखुरा र बाख्रा खाएपछि पासो बनाएर थापेको सुनुवारले बताए । फलामको बाकसमा तार जाली लगाएर बनाईएको पासोमा चितुवा फसेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । ‘बिहानै मलाई पनि खवर आयो, इलाका प्रहरी कार्यालय मार्फत, बन कार्यालयमा सूचना ग¥यौं’ वडाअध्यक्ष चक्रबहादुर खत्री भन्छन् ‘डिभिजन बन कार्यालयको टोलिले पनि चितुवाको व्यवस्थापन गर्न सकेन् थप प्रयास भैरहेको छ ।’ बयस्क चितुवा निकै चलाख देखिएकाले प्रबिधि बिना व्यवस्थापन कठिन रहेको डिभिजन बन अधिकृत मुकुन्द प्रसाद अधिकारीले बताए । ‘हाम्रा हात खुट्टा मात्रै हुन, उपकरण र प्रबिधि केही छैन’ घिमिरेले भने ‘राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहालाई पत्रचार गरेका छौं, भोली मात्रै टोलि आउँछ ।’ नियन्त्रणमा लिईएको चितुवालाई जंगलमा छोड्नुपर्ने भएकाले पासोबाट निकालेर अर्को खोरमा राख्न समस्या भएको हो । चितुवा हेर्नेको भीड लागेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->