बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आफ्नै पाठ्यक्रम बनाउँदै बागलुङ नगरपालिका

आफ्नै पाठ्यक्रम बनाउँदै बागलुङ नगरपालिका


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०७८, सोमबार

बागलुङ, ११ साउन– बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगर शिक्षा शाखाले चालु शैक्षिक बर्ष भित्रै पाठ्यक्रम बनाएर लागू गर्ने गरी तयारी थालेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।
नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवस्यकता अनुसार लागू गर्र्ने अधिकार दिएको छ । उक्त अधिकार भएपनि लामो समय सम्म अभ्यास र कसरत भएको थिएन । शिक्षा ऐन बनेको धेरै समय पछि नगरपालिकाले पाठ्यक्रमको मस्यौदा निर्माण समिति बनाएको छ ।
समितिको संयोजकमा नगर शिक्षा अधिकारी पोखरेल रहेका छन् । उनको संयोजकत्वमा गठित समितिमा सिगाना माबि तित्याङका प्रअ गोपाल कुमार शर्मा, पूर्व आरपी उमानाथ शर्मा, जनताधन माबिका प्रअ कुमार पौडेल, पूर्व प्रअ टिकाराम सापकोटा, कालीका कन्या माबिकी शिक्षक हुमा रिजाल र संस्थागत बिद्यालयको प्रतिनिधिको रुपमा महेशचन्द्र प्रधान रहेका छन् ।
यो समितिले कक्षा ३ सम्मको पाठ्यक्रम बनाएर लागू गर्ने योजना राखेको छ । आइतवार बसेको समितिको बैठकले भदौ १५ सम्म पाठ्यक्रम तयार पार्ने निर्णय गरेको पोखरेलले जानकारी दिए । ‘हामीले कम्तिमा भदौ १५ गते सम्म मस्यौदा बनाइसक्ने र शैक्षिक शत्र भरीमा पाठ्यक्रम बनाएर पुस्तक समेत छाप्ने योजनामा छौं’ पोखरेलले भने, ‘यो पाठ्यक्रम आएपछि नगरपालिकको मौलिकपना पनि बढ्ने छ ।’
पाठ्यक्रममा नगरभित्रका धार्मिक क्षेत्र, ऐतिहासिक पष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्र पनि समावेश गरिने बताइएको छ । यसअघि तमानखोलाले आफ्नो पाठ्यक्रम बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->