शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना संक्रमितलाई सामाग्री हस्तान्तरण

कोरोना संक्रमितलाई सामाग्री हस्तान्तरण


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७८, बिहिबार

बागलुङ, १४ साउन– नेपाल मानवअधिकार संगठन बागलुङले कोरोना संक्रमित बिरामीकालागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
बागलुङ नगरपालिका १४ नारायणस्थानमा संक्रमण दर बढेपछि संगठनले मास्क, औषधी र सरसफाइकालागि साबुन सहयोग गरेको अध्यक्ष लक्ष्मीदेवी जिसीले बताइन् । संक्रमितले खाने जिंक, मल्टी भिटामिन, भिटामिन सी र एजिथ्रोमाइजिन १ सय जनालाई पुग्ने औषधी समेत दिइएको हो । उनीहरुलाई चाहिने ३ सय थान मास्क र १ सय २० थान हातधुने साबुन दिइएको हो । अध्यक्ष जिसीले ती सामाग्री बुधवार नारायणस्थान स्वास्थ्य चौकीका उपाध्यक्ष कमलकुमार जिसीलाई हस्तान्तरण गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->