शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

उत्तमले पाए नयाँ जीवन

उत्तमले पाए नयाँ जीवन


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७८, शुक्रबार

पोखरा, १५ साउन– पोखरा २० भलाम मोहरियाका ४० वर्षीय उत्तम विक एकवर्ष अघिसम्म साउदीमा थिए । २ छोरी र श्रीमती छाडेर रोजगारीका लागि साउदी पुगेका विकले कोरोना महामारीको बेला ठूलो झट्का व्यहोर्नुप¥यो । एकातिर कोरोना महामारी, अर्कातिर अचानक बिरामी । उनको दुबै मृर्गौलाले काम गर्न छाडिसकेको रहेछ । विदेशमा कमाएको रकम पनि उपचारमै सकियो । कामका लागि पुगेको कम्पनीले पनि साथ छाडिदियो ।
दुवै मृर्गौला फेल भएपछि नेपाल फर्किएको एक वर्षमा उनले दोस्रो जीवनी पाए । श्रीमतीले नै एउटा मृर्गौला दिइन् । मृर्गौला प्रत्यारोपणका लागि भने गाउँलेले ठूलो सहयोग गरिदिए । पहिले बोल्नसमेत नसक्ने, पानी खान पनि नहुने उनी अहिले निकै स्वस्थ भएका छन् । उनकी श्रीमती पनि स्वस्थ नै छन् ।
‘अचानक बिरामी भएपछि म चेकअपका लागि साउदीकै अस्पताल पुगेँ । दुवै किड्नी फेल भएको रिपोर्ट आयो । डायलोसिस गर्नपर्छ भन्यो’, मृर्गौला पीडित विकले भने,‘म एक महिनासम्म छट्पटिएँ । पानीसमेत खान भएन, खानाको त कुरै छाडौँ । त्यहीँको जनरल अस्पतालमा डायलासिस गराउँदै बसेपछि पैसा सकियो । कम्पनीसँग हारगुहार गरेँ तर कम्पनीले सक्दिन भन्यो अनि नेपाल आएँ । ’
नेपाल आएपछि उनी पहिला लेकसिटीर पछि भक्तपुर पुगे । ‘आफन्तले किड्नी दिन्छु भने दिएनन् । बोली एउटा व्यवहार एउटा गरे’,उनले थपे,‘आखिरमा मेरो श्रीमतीले नै मलाई बचाइन् । त्यो बेला यो संसारमा मेरो उनीमात्रै भएको अनुभव भयो ।’ वैशाख २ गते मृर्गौला प्रत्यारोपण गरियोे । त्यसक्रममा भएका खर्चका लागि पोेखरा २० मोहरियाका गाउँलेले निकै सहयोग गरे । उत्तम बचाउ अभियान संचालन गर्दै उनका लागि विभिन्न विदेशबाट समेत सहयोग संकलन गरी १९ लाख ९२ हजार १०१ रुपैँया सहयोग प्राप्त भयो । डायलासिस गरेपछि ४–५ वर्ष बाँचिन्छ भन्ने आश लिएर बसेका उनमा अहिले भने वर्षौँ बाच्ने रहर पलाएको छ ।
उनलाई सहयोग गरेका मोहरियाका प्रेम गुरुङले विकको दयनीय अवस्थाका कारण आफूहरुले सहयोग गरेको बताए । ‘आर्थिक अवस्था निकै कमजोर रहेछ उनले घरमै औषधि खाएर बसेका रहेछन् । अनि हामीले अभियान सुरु गरेका हौँ’, गुरुङले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->