पोखरा, १५ साउन–नेपालको ओलम्पिक २०२० को यात्राको अन्त्य भएको छ । ओलम्पिकमा अन्तिम आश रहेको सरस्वती चौधरीको फितालो प्रदर्सनसँगै नेपालको ओलम्पिक यात्रा नै सकिएको हो ।
एथलेटिक्स १ सय मिटर दौड हिट २ मा कुदेकी उनले निर्धारित दुरी १२.९१ सेकेन्डमा पुरा गरिन् । आफ्नो हिटमा रहेको ९ प्रतिस्पधी मध्ये उनी आठौँ स्थानमा रहँदै बाहिरीइन् ।
उनले व्यक्तिगत समयमा समेत पछि परिन् । उनले १३ औँ सागमा १२.५५ सेकेन्डमा पार गरिन् ।





