शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बिक्रेता संघको माग : ‘अनावश्यक दुःख होइन, खोप देऊ’

बिक्रेता संघको माग : ‘अनावश्यक दुःख होइन, खोप देऊ’


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०७८, शनिबार
फाईल तस्विर

पोखरा, १६ साउन– अधिकृत विक्रेता संघ कास्कीले दैनिक उपभोग्य बस्तुको आपूर्ति गर्ने व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा ढुवानीका साधनहरुलाई अनावश्यक धरपकड नगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
संघले प्रदेशका पूर्वाधार,सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का तथा कानून,संचार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापालाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । अध्यक्ष मनोजकुमार श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री खड्कालाई बुझाइएको ज्ञापनपत्रमा ढुवानीमा प्रयोग हुने गाडीहरुमा थपिएको छानोको कारण देखाउँदै ट्राफिक प्रहरीले गाडी रोक्ने तथा जरिवाना लगाउने काम तत्काल रोक्न माग गरिएको छ । पोखराको मौषमका कारण गाडीमा छानो नराख्दा सामानहरु बिग्रने भएकोल छाना राख्नु बाध्यता भएको ज्ञापनपत्रमा जिकिर गरिएको छ ।
मन्त्री थापालाई बुझाइएको ज्ञापनपत्रमा चाहिँ किराना पसलहरुमा अत्यावश्यक सामान ढुवानी गर्ने अधिकृत व्यवसायी तथा कर्मचारीहरु कोभिड १९ को उच्च जोखिममा रहेकाले खोपको माग गरिएको हो । प्रतिनिधिमण्डलमा अधिकृत विक्रेता संघका केन्द्रीय महासचिव हरिराज पन्त, कास्कीका निवर्तमान अध्यक्ष सुरेश अधिकारी, उपाध्यक्ष होमकुमार राई,उपमहासचिव रविकुमार सापकोटा, कोषाध्यक्ष तेजेन्द्र पौडेल,सचिवालय सदस्य दिलिपकुमार श्रेष्ठ,कार्यसमिति सदस्य ज्ञानेन्द्र गौतमलगायतको सहभागिता रहेको थियो । सो अवसरमा प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा कार्यकालको सफलताको कामना पनि व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->